९ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कपुरकोटको हिउँदे अधिवेशन सम्पन्न, हालसम्म कार्यपालिकाले गरेका निर्णयहरु अनुमोदन

२९ माघ २०७५, मंगलवार ११:३०

माघ २९, सल्यान । गएको असारमा वार्षिक निती, कार्यक्रम तथा बजेट पारित गरेको सल्यानको कपुरकोट गाउँपालिकाले केहि योजनाहरु हिउँदे अधिवेशनबाट संशोधन गरेको छ । मंगलबार सम्पन्न हिउँदे अधिवेशनमा विभिन्न शिर्षकबाट रकमान्तर गरि केहि अत्यावश्यक तथा छुट हुन गएका योजनाहरुमा बजेट विनियोजन गरिएको योजना तथा बजेट तर्जुमा समितीका संयोजक तिला बुढा मगरले जानकारि दिइन् ।


उनले गाउँसभामा महिला स्वास्थ्य स्वयमसेविकाहरुलाइ प्रोत्साहन भत्ता ५ लाख रुपैयाँ छुट्याउने देखि चालु आर्थीक वर्षको हाल सम्म कार्यपालिका तथा अन्य विषयगत समितीहरुबाट भएका निर्णयहरु सभामा पेश गरेकि थिइन् । गाउँसभाका सदस्यहरुले ती प्रस्तावहरु सर्वसहमतीबाट अनुमोदन गरेको प्रमुख प्रशासकीय अधिकृत सुवाश रिजालले जानकारि दिए ।

गाउँसभामा सदस्यहरुले विगत ६ महिनाको प्रगती समिक्षा गर्दै विभिन्न जिज्ञासाहरु पनि राखेका थिए । गाउँसभाका अध्यक्ष भिम बहादुर सेनले बजेट तथा श्रोतसाधनको सिमितताका विच जनताको घर दैलोमा सरकारको प्रत्यक्ष अनुभुती दिनेगरि सृजनशिल काम गर्न सबै जनप्रतिनिधीहरु सक्रियतापूर्वक लाग्नुपर्ने बताएका थिए ।  


गाउँसभाले केहि योजनाको शिर्षक परिवर्तन गर्नुका साथै दुई दर्जन योजनाहरु विस्तृत आयोजना प्रतिवेदन तयार गरी संघिय सरकार तथा कर्णाली प्रदेश सरकारसंग समपुरक अनुदान तथा विशेष अनुदान कार्यक्रम मार्फत कार्यान्वयन गर्नका लागी अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

जसमा जामुने खानेपानी योजना, खाली मिलनबजार खानेपानी योजना, कपुरकोट चिस्यान केन्द्र स्थापना योजना, कपुरकोट दानवाङ गोठीवन रिठाबोट हुँदै सिमलकुना जोड्ने सडक योजना, पाखापानी धैरेनी सातबास तथा लामीडाँडा सातबास मोटरबाटो योजना लगाएत रहेको गाउँपालिकाका सूचना अधिकारि जीवराज केसीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कक्षा १२ को परीक्षा वैशाख २१ देखि हुने जम्मु–कश्मीरमा बन्दुकधारीको आक्रमणमा २४ पर्यटक मारिए कक्षा १२ को परीक्षा स्थगित, भोलिमात्रै नयाँ तालिका सार्वजनिक गर्ने आगामी २० वैशाखदेखि एनआरएनएको एकता महाधिवेशन, केसी पक्षबिरुद्ध सर्वोच्चमा उजुरी (भिडियो) स्वास्थ्य बिमा कोषमा आम्दानी बढाउन बिमा बोर्डद्वारा विभिन्न योजना सार्वजनिक राज्य व्यवस्था समितिद्वारा निजामती ट्रेड युनियनसँग छलफल मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नुपर्दैन : प्रधानमन्त्री विष सेवनबाट एकै परिवारका तीन बालबालिकाको मृत्यु, आमा सिकिस्त स्वर्ण पदक विजेता नेपाली सेनाको टोलीलाई सम्मान ऊर्जामन्त्री खड्का र भारतीय समकक्षीद्वारा अरुण तेस्रो आयोजनाको अवलोकन ‘सूचना प्रविधि पूर्वाधारको पहिलो सर्त’ जलवायु परिवर्तनले पीडित थामेवासीलाई सहयोग गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री ओली नेप्से परिसूचकमा नौ दशमलव ९६ अङ्कको गिरावट प्रधानमन्त्रीबाट कम्युनिष्ट योद्धा सम्मान प्रदान सरकारले थामे बस्तीको पुनःनिर्माण गर्ने शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको हो : प्रधानमन्त्री लोकमार्गसँग जोड्ने लक्ष्मीमार्ग धमाधम कालोपत्र तीन हजार बढी करदाताले बुझाएनन् विवरण कम्युनिष्टहरुलाई एकताबद्ध गर्नु आजको आवश्यकता होः अध्यक्ष दाहाल नेपाल नेत्रज्योति सङ्घ र नेपाल प्रहरी अस्पतालले सहकार्य गर्ने