२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कर्णालीका किसानलाई पेन्सन दिइने, बजेट विनियोजन

२०७५, १ फाल्गुन बुधबार ०२:४८

फागुन १, सुर्खेत (रासस) | कर्णाली प्रदेश सरकारले यसै वर्षदेखि किसान निवृत्तिभरण(पेन्सन) कार्यक्रम शुरु गर्ने भएको छ । 

प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चालू आवमा विनियोजित रु एक करोड बजेटको सीमाभित्र किसानलाई पेन्सन वितरण गर्ने भएको छ । प्रदेश सरकारले चालू आवको बजेटमा कृषकलाई प्रोत्साहन गरी कृषि उत्पादन बढाउने उद्देश्यका साथ किसान पेन्सन कार्यक्रमका लागि बजेट विनियोजन गरेको हो । 

कृषिमन्त्री विमला केसीले किसान पेन्सन कार्यक्रमको कार्यविधि निर्माणका साथै प्रभावकारी ढङ्गले कार्यक्रम सञ्चालन गर्ने सन्दर्भमा सरोकारवालासँग सुझाव सङ्कलन गरिरहेको बताउनुभयो । “किसानको वर्गीकरण नगरी पेन्सन दिन सम्भव छैन्”, उहाँले भन्नुभयो, “किसानकै वर्गीकरण कसरी गर्ने एवं कार्यक्रमको मोडालिटी कस्तो हुने भन्ने विषयमा विज्ञसहित छलफलमा जुटेका छौँ ।” 

खाद्य सुरक्षा विषयका अनुसन्धानकर्ता सोमत घिमिरेले किसानको वर्गीकरण आफैँमा जटिल काम भएको भन्दै वास्तविक कृषकको पहिचान गरेर मात्र राज्यले पेन्सन दिनुपर्ने बताउनुभयो । हालसम्म आठ प्रतिशत वास्तविक किसानले मात्र राज्यबाट सहुलियत पाइरहेको उहाँको भनाइ थियो । 

अर्का विज्ञ डा हरि रोकाले कर्णालीमा कृषि उत्पादनको अवस्था अत्यन्त न्यून रहेकाले किसानलाई प्रोत्साहन दिएर उत्पादन बढाउनुपर्ने बताउनुभयो । “वास्तविक किसानसँग सरकार पुग्ने लोकप्रिय यो कार्यक्रम हो, यसका लागि सरकारले किसानको वर्गीकरण गर्दा असल नियत राखेर वास्तविक किसानको पहिचान गर्नुपर्दछ”, डा रोकाले भन्नुभयो । 

मन्त्रालयका सचिव शिवनारायण चौधरीले सुझाव सङ्कलनपछि कार्यविधि निर्माण गरिने जानकारी दिनुभयो । बजेट कम भएकाले कुनै एक स्थानीय तहबाट नमूनाका रूपमा कार्यक्रम सञ्चालन गर्न सकिने उहाँको धारणा थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने