२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

गर्भवतीलाई नुन र सुत्केरीलाई तेल उपहार

२०७५, २ फाल्गुन बिहीबार १०:३५

सर्जना कार्की | फागुन २, रुकुम (पूर्व) | मातृ मृत्युदर र शिशु मृत्युदर कम गर्नका लागि यहाँका एक गाउँपालिकाले गर्भवतीलाई नुन र सुत्केरीलाई तेल उपहार दिने गरेको छ । 

सिस्ने गाउँपालिकाले यहाँका सबै स्वास्थ्य चौकीमा गर्भ जाँच गराउन आउनेलाई नुन र सुत्केरी हुन आउनेलाई तेल उपहार दिने गरेको हो । सरकारले घोषणा गरेको आमा सुरुक्षा कार्यक्रमलाई थप प्रभावकारी बनाउन यो कार्यक्रम शुरु गरिएको सिस्ने गाउँपालिकाका स्वास्थ्य संयोजक धनबहादुर केसीले बताउनुभयो । 

सिस्ने गाउँपालिकाको तेस्रो गाउँसभाबाट पारित गरिएको नीतिलाई गाउँपालिकाले कार्यान्वयनमा ल्याएको छ । नुन र तेल उपहार पाउनका लागि एक गर्भवतीले कम्तीमा चार पटक अनिवार्य गर्भवती जाँच गराउनुपर्ने र स्वास्थ्य संस्थामै सुत्केरी हुनुपर्नेलगायतका मापदण्ड पूरा गर्नुपर्ने गाउँपालिकाले जनाएको छ । 

गर्भवती महिलाले एक पटक गर्भ जाँच गराएमा एक पोका, दुई पटक गराएमा दुई पोका र चार पटकसम्म गराएमा चार पोका आयोडीनयुक्त नुन उपहार दिने गरेको गाउँपालिका अध्यक्ष कुमारी बरालले जानकारी दिनुभयो । आयोडीनको कमिले धेरैमा समस्या देखिएकोले गर्भ जाँच गर्न स्वास्थ्यचौकीमा आउने हरेक गर्भवती महिलालाई आयोडिनयुक्त नुनको पोका उपहार दिन थालिएको उहाँले बताउनुभयो । 

“गाउँपालिकाको तेस्रो गाउँसभाले पारित गरेको नीतिलाई असोज २२ गतेको गाउँकार्यपालिकाको बैठकले अनुमोदन गरेसँगै गर्भ जाँच गर्न पुगेकालाई नुन र सुत्केरी हुनेलाई तेल उपहार दिन थालिएको हो”, अध्यक्ष बरालले भन्नुभयो, “आयोडिनयुक्त नुन उपहारस्वरुप दिँदा सानो पोका तथा थोरै देखिए पनि यसले विभिन्न प्रकारका रोगबाट बचाउने र वृत्तिविकासमा पनि सहयोग पुग्ने भएकाले यो निर्णय कार्यान्वयनमा ल्याएका छौँ ।” उहाँका अनुसार प्रत्येक पटक गर्भवतीले गर्भ जाँच गरेपछि एकपोका आयोडिनयुक्त नुनको पोका र सुत्केरी भएपछि एक लिटर तोरीको तेल पाउनेछन् । 

हाल गाउँपालिकाअन्तर्गतका सबै स्वास्थ्य संस्थामा औषधिका साथै आयोडिनयुक्त नुन र तोरीको तेल राख्ने गरिएको छ । गाउँपालिकाले आफ्नै स्रोतबाट रकम छुट्याएर सुत्केरीलाई प्रोत्साहनभत्ता पनि दिने गरेको छ । स्वास्थ्य संस्थामा सुत्केरी हुने कुनै पनि महिलालाई प्रोत्साहनवापत रु १०० र यातायात खर्च वापत रु ५०० गरी जम्मा रु ६०० दिने गरेको छ । 

सङ्घीय सरकारले दिने प्रोत्साहन र यातायात खर्चबाहेक सुत्केरीलाई छुट्टै प्रोत्साहन र यातायात खर्च दिने नीति गाउँपालिकाले ल्याएको हो । घरमै सुत्केरी हुने प्रचलनको अन्त्य गर्न र आमा तथा बच्चाको स्वास्थ्य सुरक्षाका लागि यो कार्यक्रम ल्याइएको अध्यक्ष बरालको भनाई छ । 

स्वास्थ्य संस्थामा गर्भ जाँच गराएपछि आयोडिनयुक्त नुन, सुत्केरी भएपछि एक लिटर तेलका साथै रु ६०० नगद दिने गरेको सिस्ने गाउँपालिकाका प्रवक्ता जीवन केसीले बताउनुभयो । आठ वडा रहेको सिस्ने गाउँपालिकामा तीन प्रसूतिगृह छन्, भने सबै वडामा स्वास्थ्य संस्था छन् । अहिले गाउँपालिकाको विभिन्न पाँच ठाउँमा सामुदायिक स्वास्थ्य एकाइको स्थापना गरिएको छ भने बाँकी अन्य ठाउँमा पनि स्थापना गर्ने तयारी गरिराखेको प्रवक्ता केसीले जानकारी दिनुभयो । गाउँपालिकाका विकट गाउँमा पनि सामुदायिक स्वास्थ्य एकाइको स्थापना गरी स्वास्थ्य सेवामा सहजता कायम गर्न प्रयास गरिएको उहाँको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै