२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

वडा थप गर्न प्रस्ताव

८ फाल्गुन २०७५, बुधबार ०७:११

फागुन ८, रसुवा । भौगोलिक विकटताका कारण ग्रामीणवासीको सेवा प्रवाह चुस्त दुरुस्त हुन नसकेको भन्दै कालिका गाउँपालिकाले वडा थप गर्ने प्रस्ताव गरेको छ । 

गाउँपालिकाका अध्यक्ष सीतादेवी पौडेल अधिकारीका अनुसार वडा नं १ को राम्चे र वडा नं ५ को जिवजिवे क्षेत्रको भूभाग तथा वडा नं ४ को धुसेनी, रूप्सेपानी, घडेरीडाडा, भदौरे क्षेत्रमा साविक कायम वडा सिमानालाई परिमार्जन गरी दुई वडा थप गर्न हालै सम्पन्न गाउँपालिकाको चौथो गाउँ परिषद्बाट प्रस्ताव पारित गरिएको छ । 

प्रस्तावित वडा क्षेत्रमा भएको प्राकृतिक स्रोत, सेवाग्राहीको सहजता, जनसङ्ख्यासमेत विषेशज्ञद्वारा स्थलगत अध्ययन एवं रेखाङ्कन गराई वडा थप गर्ने व्यवस्थाको लागि प्रदेश सरकारमार्फत केन्द्रीय सरकारसमक्ष अनुरोध गरिएको उहाँले बताउनुभयो । प्रस्तावित वडा थपको स्वीकृत हुनसके राम्चेका बासिन्दाले ठूलो राहत मिल्ने त्यस क्षेत्रका बासिन्दाले अपेक्षा राखेका छन् । 

गाउँपालिकाको चौथो परिषद्ले वडा थपको अलावा स्वास्थ्य सेवा व्यवस्थित गर्न र एकीकृत सम्पत्ति करमा समेत कायम गरी समयसापेक्ष सहज तथा सुलभ बनाएको छ । ग्रामीण महिलामा परेको स्वास्थ्यको समस्याप्रति गम्भीरतापूर्वक विश्लेषण गर्दै स्थानीयस्तरबाट बढी जनघनत्व भएको कालिकास्थान क्षेत्रमा जिल्ला स्वास्थ्य कार्यालयको स्वामित्वमा रहेको एड्रा नामक भवनमा शल्यक्रियसहितको प्रसूति सेवाको व्यवस्थापन गर्न रु २७ लाख बजेट विनियोजन गर्दै सेवा सञ्चालन गराउन स्वीकृतको लागि प्रदेश सरकारमार्फत केन्द्र सरकारसँग आग्रह गरेको गाउँपालिकाले जनाएको छ । 

सो क्षेत्रमा प्रसूति सेवा सञ्चालन हुनसके राम्चे, ग्राङ, पलेप, गुम्बुडाँडा, मनिगाउँ, ढुङ्गे, जिवजिवे, ज्याङ्लाङ धारापानी, माझगाउँ, धुसेनी गाउँलगायत नौकुण्ड गाउँपालिकाको पाँचवटै वडामा बसोबास गर्ने महिलाले स्थानीयस्तरमै स्वास्थ सेवा पाउने स्थानीयवासी टङ्कप्रसाद ढकालले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम