Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगि गर्ने दुइ जना काठमाडौंबाट पक्राउ

By kit 2 मिनेट पढाइ

फागुन १०, काठमाडौं । विदेश पठाइदिन्छु भन्दै ठगि गर्ने दुइ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महाराजगंज बस्ने रामेछाप दोरम्बाका ५२ वर्षीय रवीन्द्र यान्जन र त्रिनगर गोंगबु बस्ने पर्बत चुलुङका २३ वर्षीय सन्तोष विकरहेको प्रहरीले जनाएको छ ।

रकम लिन लागेको विशेष सूचनाका आधारमा महानगरीय प्रहरी बृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुले युवाहरुलाई काठमाडौं महानगरपालिका-१६ माछापोखरीमा रहेको र्फस सेक्युरिटी अफिसमार्फत वैदेशिक रोजगारीमा पठाइदिने भनी पाँच लाख रुपैयाँ रकम लिएको प्रहरीले बताएको छ ।