२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्याग्दीमा ८१ वर्षीया वृद्धा बलात्कृत

१३ फाल्गुन २०७५, सोमबार ०६:२२

फागुन १३, म्याग्दी । म्याग्दीमा ८१ वर्षीया वृद्धा बलात्कृत भएकी छिन् ।   रघुगंगा गाउँपालिका–३, राखुपिप्लेकी वृद्धालाई स्थानीय ३५ वर्षीय गोरे परियारले गएको शुक्रबार राति १० बजेको समयमा आफ्नै घरमा बलात्कार गरेको हो । 

राम्रोसँग बोल्न र हिँड्नडुलसम्म गर्न नसक्ने  वृद्धा बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

राति घरभित्र वृद्धा मात्रै सुतेको अवस्थामा परियारले एक्लै भएको मौका छोपी बलात्कार गरेको थाहा पाएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । बलात्कारमा संलग्न आरोपित गोरे परियारलाई भाग्न लागेको अवस्थामा छिमेकीले समातेर प्रहरीको जिम्मा लगाएका हुन् ।

प्रहरीका अनुसार वृद्धा मात्र सुतेको घरभित्र वृद्धाले अस्वभाविक आवाज निकालेपछि छेउकै घरमा बस्ने नातिनीले हेर्दा बलात्कार गर्न लागेको देखेपछि उनले छिमेकीलाई खबर गरेकी थिइन् । अशक्त उमेरकी वृद्धालाई आफन्तले बोकेर स्वास्थ्य परीक्षणका लागि बेनी अस्पताल म्याग्दी र उजुरी गर्न जिल्ला प्रहरी कार्यालय पुर्‍याएका थिए ।

आरोपित परियारलाई शुक्रबार राति नै पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य