2026-06-13

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

देशभरीको रोजगार संयोजकको नतिजा प्रकाशित, अपुग ठाउँमा २ विकल्प

मनोज पराजुली | फागुन १३, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार संयोजकको अन्तिम नतिजा प्रकाशित गरेको हो । कम्प्युटर परीक्षामा उत्तीर्ण भएकाहरुको योग्यता क्रमको आधारमा अन्तिम नतिजा प्रकाशन गरिएको श्रम मन्त्रालयले जनाएको छ। 

मन्त्रालयले यसअघि अनलाइन आवेदन लिइ रोजगार संयोजकको न्यूनतम योग्यता र मापदण्ड पुगेका २ हजार २ सय ६२ जनाको प्रारम्भिक सूची माघ २८ गते प्रकाशन गरेको थियो । प्रारम्भिक सूचीमा रहेका २ हजार २ सय ६२ परीक्षार्थीको शनिवार र आइतबार कम्प्युटर सीपमा आधारित परीक्षा लिइएको थियो ।  सो परीक्षामा उत्तिर्ण हुन ५० पूर्णाङ्कमा कम्तीमा २५ अंक प्राप्त गरेकाहरुको योग्यताक्रम अनुसार नाम प्रकाशित गरिएको छ। 

अन्तिम छनौटमा परेका उम्मेदवारहरूलाई योग्यताक्रम अनुरूप आफुले रोजेको स्थानीय तहमा काम गर्ने छनौटको अवसर दिई सात दिनभित्र करार सम्झौता गरी तोकिए बमोजिमको जिम्मेवारी बहन गर्न सम्बन्धित स्थानीय तह (नगरपालिका र गाँउपालिका) मा खटाईने व्यवस्था मिलाईएको छ। 

योग्य र सीपयुक्त कर्मचारीलाई शतप्रतिशत निष्पक्ष र पारदर्शी तरिकाले भर्ना गर्नको लागि पहिलो पटक पूर्णतः विद्युतीय भर्ना प्रणाली अवलम्बन गरिएको श्रम मन्त्रालयले जनाएको छ।  रोजगार संयोजकको छनौटका लागि श्रम मन्त्रालयका सचिवको संयोजकत्वमा लोक सेवा आयोग र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरूको प्रतिनिधित्व भएको एउटा पदपूर्ति निर्देशक समितिको गठन गरिएको थियो। त्यसैगरी प्रदेशगत रूपमा आवेदन माग गरिएकोले सातवटै प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिवज्यूहरूको संयोजकत्वमा मापदण्ड बमोजिमको प्रदेशगत छनौट समिति समेत गठन गरी छनौट प्रक्रिया सम्पन्न गरिएको थियो । 

छनौट भएका उम्मेदवारहरूले शिघ्र यस मन्त्रालयको प्रधानमन्त्री रोजगार कार्यक्रममा सम्पर्क राख्नु हुन जानकारी गराईएको छ। विद्युतीय भर्ना प्रणालीबाट छनौट भएका तथा अन्य प्रतिस्प्रर्धी उम्मेदवारहरूले प्राप्त गरेको अंक देखिने गरी विस्तृत जानकारीको विवरण प्रधानमन्त्री रोजगार कार्यक्रमको वेवसाईटमा उपलब्ध गराईएको छ ।

प्रदेशगत रूपमा रोजगार संयोजकको पदको माग संख्या, आवेदकको संख्या, प्रारम्भिकसूचीमा समावेश संख्या, कम्प्युटर सीप परिक्षणको परीक्षामा सहभागी संख्या र छनौट भएका रोजगार संयोजकहरूको संख्या देहाय बमोजिम रहेको छ ।


प्रदेश १ मा शाखा अधिकृतको लागि १३० जनाको कोटामा ६७ जना र नासु ७ जनाको कोटामा ५ जना मात्रै पास भएका छन् । प्रदेश २ मा १३६ शाखा अधिकृतको कोटामा ९८ जना पास भएका छन् । प्रदेश ३ मा ११२ शाखा अधिकृतको कोटामा ९५ जना मात्रै पास भएका छन् । त्यस्तै गरि गण्डकी प्रदेशमा ७४ जना शाखा अधिकृतको कोटामा ६७ जना मात्रै पास भएका छन् । कर्णाली प्रदेशको लागो शाखा अधिकृतको ६२ कोटामा जामा २० जना मात्रै पास भएका छन् भने नासु तर्फ १७ कोटामा ९ जना पास भएका छन् । त्यस्तै सुदूर पश्चिम प्रदेशको लागि शाखा अधिकृतको ८२ कोटामा ३३ जना मात्रै छनौट भएका छन् ।

अपुग ठाउँमा २ विकल्प हुनसक्छ : प्रकाश दाहाल, संयोजक, प्रधानमन्त्री रोजगार कार्यक्रम 

सरकारले पुर्व निर्धारित कार्यतालिका अनुरुप नै रिजल्ट निकालेको हुनाले छनौट भएका व्यक्तिहरुलाई फागुन २५ गतेभित्र नै सम्बन्धित स्थानीय तहमा खटाउने प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक प्रकाश दाहालले बताए। छनौट हुन योग्यता नपुगेका कारण २ सय ३२ स्थानीय तहको हकमा तत्काल पुन पदपूर्ति प्रक्रियामा जान सकिने सम्भावना समयावधिको हिसाबले असम्भव हुने दाहालको तर्क छ तर यसका लागि आवश्यक सर सल्लाह गरेर निर्णय गर्नुपर्ने उनको भनाइ छ । उनका अनुसार यो समस्या समाधान गर्न  विकल्पका रुपमा सम्बन्धित स्थानीय तहसँग समन्वय गरि स्थानीय तहकै कर्मचारीबाट पनि जिम्मेवारी दिएर कार्यक्रम शुरु गर्नुपर्ने अवस्था हुनसक्छ। त्यस्तै निजामती तर्फका फाजिलमा रहेका कर्मचारी उपलब्ध भए तिनीहरुलाई काजमा खटाएर लैजान सकिने दाहालले बताए ।

सातै प्रदेशको नतिजाहरु तल क्लिक गरि हेर्नुहोस् 

प्रदेश १ को नतिजा हेर्नुहोस् 

प्रदेश २ को नतिजा हेर्नुहोस् 

प्रदेश ३ को नतिजा हेर्नुहोस् 

गण्डकी प्रदेशको नतिजा हेर्नुहोस् 

प्रदेश ५ को नतिजा हेर्नुहोस् 

कर्णाली प्रदेशको नतिजा हेर्नुहोस्  

सुदुरपश्चिम प्रदेशको नतिजा हेर्नुहोस् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ मुलुक निर्माणका लागि कहिलेकाहीँ अप्रिय निर्णय पनि गर्नुपर्छ: अर्थमन्त्री वाग्ले