२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मगर संघको स्थापना दिवसमा छात्रवृत्ति वितरण

२०७५, १५ फाल्गुन बुधबार ०९:४४

फागुन १५, सुर्खेत । मगरहरुको जनचेतना जगाउन थालेको अभियानमा मगरहरुको शैक्षिकस्थिति दयनिय देखेर शिक्षामा हौसला बढाउन छात्रवृत्ति अक्षयकोष स्थापना गरिएको अनहरी क्याप्टेन जहरसिंह थापाले बताएका छन् । नेपाल मगर संघ सुर्खेतले ३७ औं स्थापना दिवसमा तथा छात्रवृत्ति अक्षयकोषको वितरण कार्यक्रमका बोल्दै थापाले  सुर्खेतका मगरहरुको सामाजिक, आर्थिक अभियान शुरु गर्दा मगरहरुको शैक्षिक अवस्था दयनिय देखेर नै अक्षयकोष स्थापना गरेको बताएका हुन् ।

नेपाल मगर संघ सुर्खेतका संस्थापक अध्यक्ष समेत रहेका थापाले आफूले स्थापना गरेको अक्षयकोष छात्रवृत्ति युवापुस्ताका लागि पढ्न प्रेरणा मिलोस भनेर स्थापना गरेको जानकारी दिए । उनले अक्षकोषले शैक्षिक गुणस्तरमा वृद्धि हुनेमा अपेक्षा राखेको बताए । आर्थिक अभियान सुधारका लागि गरिएको थालनीमा सहकारी एउटा राम्रो उदाहरण भएको भन्दै थापाले शैक्षिक क्षेत्रमा अहिलेका विद्यार्थीहरुलाई पढेर समाजका लागि उदाहरणीय बन्न समेत सुझाव दिए । 

कार्यक्रममा नेपाल मगर संघ कर्णालीका अध्यक्ष आशुराम सोमैमगरले आर्थिक अभियानमा सबै मगरहरुको सहयोगका कारण सहकारी कर्णालीमा नमुना बन्न सफल भएको बताए । सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्था अहिले प्रदेशकै अवलोकन स्थल बनेको भन्दै सोमैले आर्थिक क्षेत्रमा जस्तै शैक्षिक क्षेत्रमा पनि नमुना बन्न सक्नुपर्नेमा जोडदिए । नेपाल मगर संघका पूर्व अध्यक्ष बसन्तकुमार थापाले अव मगरहरुले आफूलाई मूल्याङ्कन गर्नुपर्ने बेला आएको बताए । राजनैतिक, आर्थिक तथा सामाजिक क्षेत्रमा मगरहरुको मुल्याङ्कन आ–आफ्नो तरिका गर्नुपर्ने भएको भन्दै थापाले ३७ वर्षको संघले आफ्नो बाटोलाई पहिल्याउन सक्नुपर्नेमा उनको जोड छ । नेपाल नेपाल मगर महिला संघ कर्णाली प्रदेशका अध्यक्ष कृष्णा वंशीले संख्यात्मकभन्दा गुणात्मक रुपमा क्षमता विकास गर्नुपर्नेमा जोडदिइन् । शैक्षिक, आर्थिक, सामाजिक विकासले मात्र मगरहरुको विकास नहुने भन्दै वंशीले राजनैतिक विकास अनिवार्य भएको समेत बताइन् । 

कार्यक्रममा सिद्धार्थ सञ्चार सहकारी संस्थाका अध्यक्ष दिपबहादुर राना, कृष्णा वंशी लगायतले बोलेका थिए । कार्यक्रम नेपाल मगर संघ सुर्खेतका अध्यक्ष डिलबहादुर वंशीको अध्यक्षता भएको कार्यक्रमको सहजीकरण सहसचिव ओमकलि थापाले गरेकी थिइन । ३७ औं स्थापना तथा छात्रवृत्ति वितरण कार्यक्रममा ६ जनालाई नगदले सम्मान गरेका हुन् । 

सम्मानित हुनेहरुमा स्नातक तहमा छात्रा तर्फ पूर्णिमा राना र छात्रतर्फ प्रकाश थापाले जनही ६÷६ हजार रुपैयाँ प्राप्त गरे भने +२ तहमा छात्रातर्फ कृति ठाडा र छात्रतर्फ संजिव गरन्जाले जनही ४ हजार ५ सय र एस इ इमा छात्रा तर्फ लिना थापा र छात्रतर्फ देवेन्द्र बाकावले जनही ३ हजार ५ सय रुपैया प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै