४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सोलुखुम्बुमा अहिलेसम्मकै उच्च हिमपात, हवाई सेवा ठप्प

१६ फाल्गुन २०७५, बिहीबार ०५:२३

फागुन १६, सोलुखुम्बु | जिल्लामा अहिलेसम्मकै भारी हिमपात भएको छ । जिल्लाको माथिल्लो क्षेत्रमा बुधबार रातिदेखि बिहीबार बिहान करीब ९ बजेसम्म निरन्तर हिमपात भएको हो । यो हिमपात अहिलेसम्मकै उच्च हो । 

जिल्लाको खुम्बुस्थित लुक्ला र नाम्चे क्षेत्रमा करीब दुई फिटभन्दा बढी हिउँ जम्मा भएको शिक्षक खगेन्द्रराज बास्तोलाले बताउनुभयो । शिक्षक बास्तोलाका अनुसार अहिले त्यस क्षेत्रमा मानिस बाहिर निस्कन सक्ने अवस्था छैन भने घरभित्र आगो तापेर समय बिताइरहेका छन् । 

हिमपातका कारण माथिल्लो क्षेत्र पूरै ढोकेको छ भने सल्लेरी लगाएतको क्षेत्रमा हिउँ खेल्नेहरुको चहलपहल पनि बाक्लिएको छ । बिहीबार बिहान करीब १० बजेदेखि मौसममा सुधार आएर घाम लागेसँगै अहिले खोलामा पानीको सतहसमेत बढेको छ । हिउँ पग्लेर भल बग्न थालेको स्थानीय प्रत्यक्षदर्शी प्रेमबहादुर बस्नेतले बताउनुभयो । सदरमुकाम सल्लेरी आसपासको क्षेत्रमा करीब १० इञ्चभन्दा बढी हिउँ जमेको छ । 

जनजीवन कष्टकर 

निरन्तर भएको भारी हिमपातको कारण सडक यातायातदेखि पैदलयात्री समेतलाई समस्या भएको छ । अहिले लामो तथा छोटो दूरीका कुनै पनि सवारी साधन चल्न नसकेको अस्थायी जिल्ला ट्राफिक प्रहरी पोष्ट सोलुखुम्बुका इन्चार्ज सञ्जीव चौधरीले जानकारी दिनुभयो । ट्राफिक प्रहरी चौधरीका अनुसार सल्लेरीबाट जिल्ला बाहिरका लागि छुटेको जीप तथा अन्य सवारी साधन सोलुदूधकुण्ड नगरपालिका–११ तिङ्लास्थित बेलीडाँडा क्षेत्रमा रोकिएका छन् । 

जिल्ला भित्रने अधिकांश सवारी साधन ओखलढुङ्गाको ठाडेभन्दा यता कट्न सकेका छैनन् । सडकको विभिन्न क्षेत्रमा बस तथा जीपहरु फसेर बसेका छन् । फसेको सवारी साधनलाई उद्धार गर्न सक्ने अवस्थासमेत नरहेको इञ्चार्ज चौधरीले बताउँनुभयो । 

हवाई सेवा ठप्प 

सबैभन्दा बढी विमानस्थल भएको जिल्लाका रुपमा चिनिएको सोलुखुम्बुमा आज कुनै पनि विमानस्थलमा उडान हुन सकेन । तेञ्जिङहिलारी विमानस्थल र फाप्लु विमानस्थलमा नियमित उडान भइरहेको भए पनि भारी हिमपातका कारण कुनै पनि उडान हुन नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । 

जिल्लामा चारवटा विमानस्थल भए पनि हाल दुई वटा मात्रै सञ्चालनमा रहेको छ । सञ्चालित विमानस्थलमा हिउँ जम्नाका साथै मौसम प्रतिकुलताको कारण उडान तथा अवतरण हुन नसकेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ