२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा क्रसर सञ्चालकविरुद्ध राँके जुलुस

२०७५, १६ फाल्गुन बिहीबार २३:५४

फागुन १७, बर्दिवास | महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–४ रामनगरमा हिजो बिहीबार साँझ रातु नदी र नदीउकास जग्गामा भइरहेको अनियन्त्रित दोहनविरुद्ध राँके जुलुस प्रदर्शन भएको छ । 

आफ्नो बस्ती नजिकको रातु नदी र नदीउकास जग्गामा दिनहुँ अबेर राति सधैँजसो अनियन्त्रित उत्खनन गरेर क्रसर सञ्चालकले बालुवा, ढुङ्गा बाहिर लगिरहेपछि भङ्गाहा–४ का बासिन्दाले हिजो बिहीबार साँझ सोविरुद्ध राँके जुलुस प्रदर्शन गरेका हुन् । 

केही दिन पहिले जिल्ला समन्वय समिति महोत्तरीको अनुगमनमा भङ्गाहा–४ मा सञ्चालित सबैजसो क्रसर अवैधानिक रहेको पाइए पनि ती बन्द भने हुन नसकेको त्यहाँका बासिन्दाको भनाइ छ । “जिल्ला समन्वय समितिबाट आएको अनुगमन टोलीले यहाँ सञ्चालित क्रसर अवैध रहेको ठहर त ग¥यो तर, क्रसर सञ्चालकले उत्खनन गर्न भने छाडेनन्”, विगतमा भङ्गाहा गाविस छँदा गाविस उपाध्यक्ष रहिसकेका मुकुन्द दाहालले भन्नुभयो, “त्यसैले प्राकृतिक सम्पदामाथिको अनियन्त्रित दोहनविरुद्ध सबैको ध्यानाकर्षण गराउन राँके जुलुस आयोजना गरेका हौँ ।” 

बिहीबार अबेर साँझ भङ्गाहा–४ रामनगरस्थित हटियाचौरमा भेला भएका सयौँ सर्वसाधारणले हातहातमा राँको बालिएको भाटो लिएर ‘क्रसरको मनपरी बन्द गर, प्राकृतिक सम्पदामाथिको अनियन्त्रित दोहन नियन्त्रण गर’ भन्ने नारा लगाउँदै चार किलोमिटर लम्बाइको रामनगर बस्ती परिक्रमा गरेका थिए । 

नदीकिनार र नदीउकास क्षेत्रमा ठूलाठूला खाल्डा बनाएर बालुवा र ढुङ्गा उत्खननको अवैध धन्दा नरोकिएपछि विरोध कार्यक्रम शुरु गर्नुपरेको त्यहाँका सर्वसाधारण बताउँछन् । क्रसर सञ्चालकले अनुगमन त देखाउन मात्र गरिएको बताउँदै आपूmहरुलाई चुरीफुरी नदेखाउन धम्क्याउने गरेको सो बस्तीका २५ वर्षीय युवा सन्तोष महतोले बताउनुभयो । 

रामनगरको रातु नदी र नदीउकास जगामा अहिले १९ क्रसर सञ्चालनमा रहेका छन् । क्रसर सञ्चालकलाई स्थानीय जनप्रतिनिधिको संरक्षण रहेको पनि कतिपयले आरोप लगाएका छन् । यद्यपि भङ्गाहा–४ का वडाध्यक्ष अशोककुमार महतोले कानूनसम्मत नरहेका कुनै क्रसर उद्योगलाई नगरपालिका, कार्यपालिका कार्यालय वा वडा कार्यालयको संरक्षण नरहेको बताउनुहुन्छ । “कानूनसम्मत नरहेका क्रसर वा अन्य कुनै धन्दा चल्नु हुँदैन”, महतोले भन्नुभयो, “नगरपालिका कार्यालय आफ्नो तहबाट यिनलाई नियमन गर्न लागिपरेको छ ।” 

यसैबीच जिल्ला समन्वय समितिले अनुगमनका क्रममा मापदण्ड नाघेर क्रसर सञ्चालन नगर्न गरिएको आग्रह अटेर गर्नेलाई अब थप कानूनी कारवाही नै चलाइने जनाएको छ । समितिका प्रवक्ता सुदीपकुमार झाले अनुगमन टोलीको आग्रह अटेर गर्नेहरुविरुद्ध स्वस्पूmर्त रूपमा उजुरी आउन थालेका बताउँदै अब कारवाही प्रक्रिया थालिने बताउनुभएको हो । 

जिल्लाको बर्दिवास, औरही, गौशाला र भङ्गाहा नगरपालिका क्षेत्रमा नदी र नदीउकास क्षेत्रमा क्रसर सञ्चालकले अवैध उत्खनन गरिरहेको गुनासो बढेपछि जिल्ला समन्वय समितिले गत माघदेखि नै सघन अनुगमन बढाएर त्यस्ता उद्योग तत्काल बन्द गर्न आदेश दिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला