२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

हिमपातले रोल्पा हुँदै रुकुम जोडिएको शहीद मार्ग सडक अवरुद्ध

२०७५, १९ फाल्गुन आईतवार १२:०२

फागुन १९, रुकुमपूर्व (रासस) | पटक पटकको हिमपातले रोल्पा हुँदै जिल्लामा जोडिएको शहीद मार्ग अवरुद्ध भएको छ । 

शहीद मार्ग भएर गुड्ने सवारीसाधन गुड्न सकेका छैनन् । गत पुसको तेस्रो सातादेखि भूमे गाउँपालिका–२ काँक्रीदेखि दाङ घोराहीसम्मको सो मार्ग भएर चल्ने यातायातका साधन ठप्प छन् । हिमपातले ठाउँठाउँमा सडक अवरुद्ध गरेपछि शहीदमार्गको काँक्री–घोराही खण्डमा डेढमहीनादेखि यातायातका साधन चल्न सकेका छैनन् । 

पहिलो पटक हिमपात भएदेखि नै सो सडकमा यातायातका साधन चल्न नसकेको भूमेगाउँपालिकाका अध्यक्ष रामसुर बुढामगरले बताउनुभयो । हिमपातले बाटो अवरुद्ध भएपछि विशेष गरी भूमे र पुथा उत्तरगङ्गा गाउँपालिकावासीले घोराही पुग्न रुकुम (पश्चिम) को बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ । 

हिमपातले काँक्रीबाट जिल्लाको महत, रोल्पाको थवाङ हुँदै शहीद मार्गबाट दाङको घोराही पुग्ने यात्रु रुकुम (पश्चिम) को सदरमुकाम मुसिकोट हुँदै राप्ती राजमार्गबाट दाङ पुग्न बाध्य छन् । यसरी यात्रा गर्दा बाटो लामो पर्ने र भाडा पनि महङ्गो पर्ने यात्रुले बताएका छन् । 

काँक्रीबाट शहीद मार्ग भएर जाँदा १५५ किलोमिटर दूरी पार गर्नुपर्ने भए पनि रुकुम (पश्चिम) हुँदै राप्ती लोकमार्ग भएर घोराही पुग्दा २१० किमी दुरी पार गर्नुपर्ने बाध्यता रहेको यात्रु मङ्गलबहादुर कामीले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै