२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङका चार ‘नमूना गाउँ छनोट’

२०७५, २५ फाल्गुन शनिबार ०३:५४

फागुन २५, गलकोट | गण्डकी प्रदेश सरकारले शुरु गरेको ‘मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ’ का लागि बागलुङका चार गाउँ छनोट भएका छन् । 

गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जिल्लास्तर छनोट समितिले सिफारिस गरेअनुसार ११ जिल्लाका ३६ नमूना कृषि गाउँ छनोट गरेको छ । कृषि गाउँका लागि बागलुङबाट बागलुङ काठेखोला गाउँपालिका–७ रेश गाउँ र जैमिनी नगरपालिका–४ सर्कुवा गाउँ, ताराखोला गाउँपालिका–५ करिमेला गाउँ र निसीखोला गाउँपालिका–५ मसलगाउँ छनोट भएका छन् । 

कृषि ज्ञानकेन्द्र प्रमुखको संयोजकत्वमा पशु सेवा विज्ञकेन्द्र प्रमुख, सम्बन्धित तहको प्रमुख प्रशासकीय अधिकृत वा प्रतिनिधि, सम्बन्धित स्थानीय तहका कृषि वा पशु सेवा प्राविधिक कर्मचारी सदस्य र ज्ञान केन्द्रले तोकेको अधिकृतस्तरको कर्मचारी सदस्य सचिव रहेको छनोट समितिले नमूना कृषि गाउँ छनोट गरेको प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले बताउनुभयो । 

गाउँ छनोट गर्दा पर्यटकीय क्षेत्र र कृषि पर्यटनको सम्भाव्यता भएका ठाउँलाई प्राथमिकता दिइएको छ । छनोट भएका गाउँको ५० घरधुरीबाट एक÷एक सदस्य रहने गरी कृषि सहकारी वा समूहमार्फत् त्यहाँको मौसम तथा हावापानी सुहाउने गरी पशुपालन, तरकारीखेती, कुखुरा, माछा तथा अन्य खाद्य तथा नगदेबाली उत्पादन गर्न सक्नेछन् । 

मन्त्रालयले एक निर्वाचन क्षेत्र एक नमूना कृषि गाउँका लागि गण्डकी प्रदेशको ३६ गाउँलाई नमूना कृषि गाउँका रुपमा छनोट गरेको छ । कार्यक्रम कार्यान्वयनका लागि मन्त्रालयले चालू आर्थिक वर्षमा रु १० करोड ८० लाख बजेट विनियोजन गरेको छ । 

छनोट भएका प्रत्येक गाउँलाई पहिलो वर्ष रु ३० लाखका दरले अनुदान उपलब्ध गराउने र चौथो वर्षसम्म प्रत्येक वर्ष ५० प्रतिशत रकम घटाउँदै लगेर त्यसपछि स्थानीय तहलाई हस्तान्तरण गरिने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । 

कार्यक्रम सञ्चालन गर्दा ज्ञान केन्द्र वा विज्ञ केन्द्र र एकाइको सहयोग लिई वातावरणमैत्री नमूना कृषि गाउँ स्थापनाका लागि जलवायु समानुकूलित प्रविधि, असल कृषि अभ्यास, पर्यावरणीय खेती, कृषि पर्यटन, दिगो कृषि यान्त्रीकीकरण, लैङ्गिक तथा सामाजिक समावेशीकरण, क्षमता विकास र सह सिकाइ कार्यक्रमको वार्षिक कार्ययोजना बनाउनुपर्ने शर्त राखिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै