२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

माध्यमिकी परिक्रमाका यात्री महोत्तरीमा

२५ फाल्गुन २०७५, शनिबार ०७:२९

फागुन २५, बर्दिवास | मिथिला माध्यमिकी परिक्रमाका यात्री आज शनिबार महोत्तरी प्रवेश गरेका छन् । माध्यमिकी यात्राको चौथो दिन यात्री भारतको मधुवनी जिल्लामा पर्ने गिरिजास्थान (फुलहर)बाट मटिहानी पुग्ने क्रम आज बिहानैदेखि शुरु भएको हो । 

नेपाल– भारत सीमाको दशगजा हुँदै फुलहरबाट मटिहानीतर्फ आएका यात्रीलाई मटिहानी नगरपालिका प्रमुख हरिप्रसाद मण्डल, जिल्ला उद्योग वाणिज्य सङ्घका पदाधिकारी र लक्ष्मीनारायण मठका महन्थ जगन्नाथदास वैष्णव र मटिहानी नगरवासीले स्वागत गरेका थिए । मिथिला बिहारी (श्रीराम) र किशोरी(सीता) को प्रतिमा राखिएका डोला अघि लगाएर आएका साधुसन्तसहितका यात्री आज यात्राको चौथो दिन मटिहानीमा विश्राम गर्ने र तिनका लागि भोजन, प्राथमिक उपचार र अन्य सबै आवश्यकता पूरा गरिने नगरप्रमुख मण्डलले बताउनुभयो । 

ती यात्री पाँच रात महोत्तरीमा बिताउनेछन् । यात्राको चौथो दिन मटिहानी, पाँचौँ दिन जलेश्वर, छैटौँ दिन मडै, सातौँ दिन ध्रुवकुण्ड र आठौँ दिन कञ्चनवन बिताएपछि परिक्रमामा सहभागीको लावालस्कर धनुषा जिल्ला प्रवेश गर्नेछ । यसअघि गत बुधबार शुरु भएको माध्यमिकी परिक्रमाका यात्रीले पहिलो दिन धनुषाको हनुमाननगर र दोस्रो एवं तेस्रो दिन भारतको मधुवनी जिल्लास्थित कल्याणेश्वर (कलना) र गिरिजास्थान (फुलहर) मा रात बिताएर आज मटिहानी आइपुगेका हुन् ।मोक्ष मिल्ने लक्ष्यका साथ एकछाक सात्विक भोजन खाएर नाङ्गा खुट्टाले यो यात्रा गरिने महन्थ बैष्णवको भनाइ थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो