२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

माध्यमिकी परिक्रमाका यात्री महोत्तरीमा

२०७५, २५ फाल्गुन शनिबार ०७:२९

फागुन २५, बर्दिवास | मिथिला माध्यमिकी परिक्रमाका यात्री आज शनिबार महोत्तरी प्रवेश गरेका छन् । माध्यमिकी यात्राको चौथो दिन यात्री भारतको मधुवनी जिल्लामा पर्ने गिरिजास्थान (फुलहर)बाट मटिहानी पुग्ने क्रम आज बिहानैदेखि शुरु भएको हो । 

नेपाल– भारत सीमाको दशगजा हुँदै फुलहरबाट मटिहानीतर्फ आएका यात्रीलाई मटिहानी नगरपालिका प्रमुख हरिप्रसाद मण्डल, जिल्ला उद्योग वाणिज्य सङ्घका पदाधिकारी र लक्ष्मीनारायण मठका महन्थ जगन्नाथदास वैष्णव र मटिहानी नगरवासीले स्वागत गरेका थिए । मिथिला बिहारी (श्रीराम) र किशोरी(सीता) को प्रतिमा राखिएका डोला अघि लगाएर आएका साधुसन्तसहितका यात्री आज यात्राको चौथो दिन मटिहानीमा विश्राम गर्ने र तिनका लागि भोजन, प्राथमिक उपचार र अन्य सबै आवश्यकता पूरा गरिने नगरप्रमुख मण्डलले बताउनुभयो । 

ती यात्री पाँच रात महोत्तरीमा बिताउनेछन् । यात्राको चौथो दिन मटिहानी, पाँचौँ दिन जलेश्वर, छैटौँ दिन मडै, सातौँ दिन ध्रुवकुण्ड र आठौँ दिन कञ्चनवन बिताएपछि परिक्रमामा सहभागीको लावालस्कर धनुषा जिल्ला प्रवेश गर्नेछ । यसअघि गत बुधबार शुरु भएको माध्यमिकी परिक्रमाका यात्रीले पहिलो दिन धनुषाको हनुमाननगर र दोस्रो एवं तेस्रो दिन भारतको मधुवनी जिल्लास्थित कल्याणेश्वर (कलना) र गिरिजास्थान (फुलहर) मा रात बिताएर आज मटिहानी आइपुगेका हुन् ।मोक्ष मिल्ने लक्ष्यका साथ एकछाक सात्विक भोजन खाएर नाङ्गा खुट्टाले यो यात्रा गरिने महन्थ बैष्णवको भनाइ थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई