२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा स्वास्थ्यका दुई दर्जन भवन बन्दै

२५ फाल्गुन २०७५, शनिबार ०८:०७

फागुन २५, बैतडी | जिल्लाका विभिन्न भागमा स्वास्थ्य संस्थाका करिव दुई दर्जन नयाँ भवन निर्माण हुने भएका छन् । चालू आर्थिक वर्षमा १४ सुरक्षित प्रसूति सेवा केन्द, तीन सामुदायिक स्वास्थ्य एकाइका भवन र दुई शहरी स्वास्थ्य क्लिनिक भवन र दुई स्वास्थ्यचौकीका नयाँ भवन बन्न लागेका हुन् । 

सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको बजेटबाट सुरक्षित प्रसूति सेवा केन्द्रका भवन निर्माण गरिने जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य सहायक सन्तोष पाण्डेयले जानकारी दिनुभयो । त्यसका लागि रु २० लाखका दरले बजेट विनियोजन भए पनि भवन निर्माण कार्यविधि भने अझै आइपुगेको छैन । 

चालू आर्थिक वर्षमा दशरथचन्द नगरपालिको वडा नं १० स्थित रातामाटामा, वडा नं ५ को करकटट्यामा, पाटन नगरपालिकाको वडा नं १ पदमपुरमा, सुर्नया गाउँपालिका ३ को बिजुलमा, शिवनाथ गाउँपालिका २ को पोखर र वडा नं ३ को बछलामा, दोगडाकेदार गाउँपालिकाको वडा नं १ गोरङ, वडा नं २ को कफलकोट र वडा नं ७ को चडेपानीमा ती केन्द्र निर्माण गरिने भएको हो । 

यसैगरी डिलाशैनी गाउँपालिका वडा नं ६ को गोकुलेश्वरमा वडा नं ७ को धामीगाउँमा, पुरचौँडी नगरपालिका वडा नं ४ को सिबाबोमा, पञ्चेश्वर गाउँपालिका वडा नं २ र सिगास गाउँपालिकाको वडा नं ७ न्वाघरमा पनि उक्त केन्द्र निर्माण गरिने भएको छ । 

यस्तै चालू आर्थिक वर्षमै तीन सामुदायिक स्वास्थ्य एकाइ निर्माण हुनेछन् । सुर्नया गाउँपालिका वडा नं ४, डिलाशैनी–५ नगराउँ र पञ्चेश्वर–४ निङलाडमा सामुदायिक स्वास्थ्य एकाइका भवन निर्माण हुने उक्त कार्यालयले जनाएको छ । सामुदायिक स्वास्थ्य एकाइका लागि रु १५ लाखका दरले बजेट विनियोजन गरिएको छ । 

यसैगरी दशरथचन्द नगरपालिका–१ सौडेखोला र पाटन नगरपालिका ज्यापुमा शहरी स्वास्थ्य क्लिनिक भवन पनि निर्माण हुने स्वास्थ्य कार्यालयले जनाएको छ । डिलाशैनी गाउँपालिका–१ र सिगास गाउँपालिका वडा नं ३ मा स्वास्थ्यचौकी भवन निर्माण चालू आर्थिक वर्षमै शुरु हुने बताइएको छ ।स्वास्थ्य एकाइ नहुँदा यहाँका बासिन्दा उपचारका लागि घण्टौँ हिँडेर स्वास्थ्य कार्यालयमै आउनुपर्ने बाध्यता छ । देश सङ्घीय संरचनामा गइसकेपछि पनि जिल्लाका विभिन्न वडा स्वास्थ्य एकाइ बनेका छैनन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो