पाटन नगरपालिका करको दायरा फराकिलो बनाउदै, केमा कति कर ?

Posted on: 09 Mar, 2019

कृष्ण बिष्ट | फागुन २५, बैतडी | बैतडीको पाटन नगरपालिकाले राजस्व संकलनको दायरा फराकीलो बनाएको छ । नगरपालिका बाट बाहिरीने कृर्षी उपज तथा पशुजन्य बस्तुहरु बाहिर निकासी गर्दा कर तिर्नुपर्ने नियम बनाए सँगै राजस्व संकलनको दायरा फराकीलो बनाइएको हो । 

पाटन नगरापलिको वडा नं ८ स्थित डडेल्धुरा जिल्लाको सिमानामा बेरीयल स्थापना गरी राजस्व संकलन गर्ने नियम बिहिबार देखि लागु भएको नगरपालिकाका कार्यकारी अधिकृत रबिन अधिकारीले जानकारी दिनुभयो । नगरापलिकाका ग्रामिण तथा सहरीक्षेत्रबाट बाहिरीने सरसमानहरु, तरकारी, जढीबुडि, काठ, गाइबस्तुहरु लैजदा कर तिर्नु पर्ने भएको छ । यहाको जङ्लमा पाइने जडिबुटीदेखि घरपालुवा बस्तुभाउमा रु १ देखि रु ५ सय सम्म कर तिर्नु पर्ने भएको छ । दूइ जना कार्यालय सयोगी राखेर कार्य सञ्चालन भइरहेको कार्यकारी अधिकृत अधिकारीले बताए ।  

राङ्गा तथा गाइबस्तुको हकमा प्रती गोटा रु ५सय, खसीबाख्राको हकमा प्रतीगोटा १ सय रुपैया नगरपालिकालाई कर तिर्नु पर्ने पाटन नगरपालिका वडा नं ८ का वडा अध्यक्ष पृत्बी राज पन्तले जानकारी दिए । यसै गरी काठको हकमा सल्लाको गोलिया प्रती क्युफीट २५ रपैयाका दरले राजस्व तिर्नुपर्ने छ भने चिरानि काठको प्रती क्ुयफीट १२ रुपैयाका दरले राजस्व पाटन नगरपालिकालाई तिर्नु पर्ने उहाले जानकारी दिनुभयो । यसैगरी तरकारी निकासी गर्दा प्रती क्युन्टल २५ रुपैयाका दरले राजस्व नगरपालिकामा बुझाउनु पर्ने छ । तेजपात, रीठा, काउलाको बोक्रा लगायत पाखनबेद निकासी गर्दा रु एक/एक रुपैया तिर्नुपर्ने छ ।  

गत १५ गतेको नगर कार्यपालिकाको बैठकबाट बेरीयल स्थापना गरी राजस्व संकलनको प्रकृयाको थालनी गर्ने निर्ण भएको थियो । बेरीयल सथापना भएसँगै नगरपालिकाको राजस्व संकलनमा बृद्धी हुने बिश्वास गरीएको  वडा नं ८ का वडा अध्यक्ष पृथ्बीराज पन्तले जानकारी दिनुभयो । 

युवाहरुलाई रोजगरीको अवसर पनि हुने र नगरपालिकाको आम्दानीमा पनि बृद्धी हुने नगर प्रमुख केसव बहादुर चन्दले बताउनुभयो । यहा उत्पादित कृषीउपज बस्तुहरु निकासी गर्दा ब्यापारीहरुले केहि रकम नगरपालिकालाई पनि दिनु पर्ने भएकाले यसले यहा कत्तीको खाद्या पदार्थ लगायत जडिबुडी उत्पादन र प्रसोधित हुदो रैछ सोको पनि हामि जानकारी प्रप्त गर्ने उनको भनाइ छ । करको दायरा फराकीलो बनाएमा आन्तरीक आम्दानिमा पनि बृद्धी हुने पनि उनले बताए ।


माथिको तश्विरमा: नगरपालिका सिमा अनारखोलीमा रहेको बेरीयल : तश्वीर: कृष्ण बिष्ट/ सास/बैतडी

यस बिषयमा तपाइको प्रतिक्रिया...!