पढ्न करिब 1 मिनेट लाग्छ
<p>फागुन ३०, काठमाडौं | कैलालीमा एक जन्तीबसमा आगजनी भएको छ । विप्लव नेतृत्वको नेकपाले बन्दको उलंघन गरेर बस चलाएको भन्दै आगजनी गरेका हुन् । <br></p><p>पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको बढैपुर जंगलमा बिहीबार बिहान मे १ ख ४४१ नम्बरको जन्तीबसमा आगजनी भएको प्रहरीले जनाएको छ । </p><p>आगजनीबाट बस पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ । नेकपाका कार्यकर्ताले बसमा सवार सबैलाई बाहिर निकालेर आगजनी गरेका थिए । </p>

