४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

‘सिप नहुँदा दुःख पाएँ, वायरिङ सिक्न आएँ’

३० फाल्गुन २०७५, बिहीबार ०९:१४

शंकर के सी । फागुन ३०, सल्यान । सल्यान कपुरकोट ३ टेकनडाँडाका नरेश भण्डारी २ वर्ष साउदी बसेर फर्किए । कुनै सिप नसिकेर विदेश गएका उनले निकै दुख भोग्नुपरेको बताए । सिप नभएको मान्छेले जहाँ गएपनि दुख र समस्या झेल्नुपर्छ भन्ने कुरा बुझेका नरेश केहि सिप सिक्ने सोँचमा थिए ।

घरेलु तथा साना उद्योग विकास समिती सल्यान र कपुरकोट गाउँपालिकाको सहकार्यमा कपुरकोटमै निःशुल्क हाउस वायरिङ तालिम सञ्चालन भएपछि उनलाइ तालिममा भाग लिने अवसर मिल्यो । विहिबार तालिम उद्घाटनमा नरेशले हाउस वायरिङ तालिम सिकेर गाउँमै केहि गर्ने योजनामा छन् । उनले भने, ‘सिप नहुँदा धेरै दुःख पाएँ, त्यसैले यहाँ वायरिङ सिक्न आएँ ।’


उनी जस्तै कपुरकोट ५ रीमकी गिता वोहोराले पनि स्थानीय तहबाट युवाका लागि निर्धारण गरिएको कार्यक्रममा प्रत्यक्ष रुपमा सहभागी हुन पाउँदा खुसीसँगै जिम्मेवारी बोध भएको भन्दै सीपलाई व्यवहारमा उतार्ने जनाइन् ।

पत्रकार शंकर के सीले सहजीकरण गरेको दुइ महिने हाउस वायरिङ तालिम उद्घाटन कार्यक्रममा कपुरकोट ३ का वडाध्यक्ष मिन बहादुर सेनले सिपले मानिसको जिवन उज्वल बनाउने बताए । यस्तै प्रमुख प्रशासकीय अधिकृत सुवाश रिजालले वायरिङ जस्तो सिप सिकेको जनशक्तीको अहिले निकै अभाव भएकाले मिहेनतका साथ सिप सिकेमा रोजगारिको थुप्रै अवसरहरु आउने बताए । छनौट भएर आएका १२ जना तालिममा सहभागी छन् । आइतबार देखि प्लम्बर तालिम पनि सञ्चालन हुन लागेको कपुरकोट गाउँपालिकाले जनाएको छ ।


यसैविच गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले बेरोजगार युवालाइ रोजगार बनाउने आफ्नो उद्देश्य रहेको बताएका छन् । युवा शक्ति बैदेशिक रोजगारीका लागि विभिन्न देशमा रहनु दुःखद् रहेको भन्दै सेनले सिप सिकेर नेपालमै काम गर्न सके आर्थिक रुपमा सबल हुनुका साथै समाज निर्माणमा समेत योगदान पुग्ने बताए । अव छिट्टै गाउँपालिकाले अर्काे कार्यक्रम ’युवा संग गाउँपालिका’ संचालन गर्न लागेको जनाउँदै अध्यक्ष सेनले युवाहरु सिपयुक्त र स्वरोजगार भएमा मात्रै समृद्ध कपुरकोट गाउँपालिकाको परिकल्पना गर्न सकिने बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ