२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

दोस्रो बर्दिवास महोत्सव चैत ८ देखि

२०७५, १ चैत्र शुक्रबार ०६:५८

चैत १, बर्दिवास | महोत्तरी जिल्लाको बर्दिवासमा दोस्रो बर्दिवास महोत्सव–२०७५ आयोजना हुने भएको छ । बर्दिवास उद्योग बाणिज्य सङ्घले यसै चैत ८ गतेदेखि १८ गतेसम्म १० दिने महोत्सव आयोजन गर्न लागेको हो । 

बर्दिवास उद्योग वाणिज्य सङ्घले बिहीबार साँझ बर्दिवासमा पत्रकार सम्मेलन आयोजन गरेर महोत्सवबारे जानकारी दिएको हो । महोत्सवमा बर्दिवासको कृषि, घरेलु हस्तकला र यहाँका धार्मिकस्थलको फोटोसहितको प्रदर्शनी एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्पादनका सुलभ व्यापारिक स्टल राखिने सङ्घले जनाएको छ । महोत्सवमा स्थानीय स्वादका खाना तथा खाजाका स्टलसँगै गीत, सङ्गीतसहित मनोरञ्जनको व्यवस्था गरिएको आयोजकले बताएका छन् । महोत्सवमा मुलुकका प्रसिद्ध कलाकारले गीत, सङ्गीतसहितका मनोरञ्जनात्मक प्रस्तुति पस्कने कार्यक्रम छ । 

स्थानीय कृषि उपजलाई बजार प्रवद्र्धन गर्नु महोत्सवको प्रमुख उद्देश्य रहेको सङ्घका महासचिव भवनाथ खतिवडाले बताउनुभयो । बर्दिवासका स्थानीय उत्पादनको प्रचार र बजार प्रवद्र्धन, यहाँका धार्मिकस्थलको परिचय र महत्व दर्शाउने वृत्तचित्र प्रदर्शनी एवं व्यापार प्रवद्र्धन महोत्सवको मुख्य उद्देश्य रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । बर्दिवास नगरक्षेत्रभित्र टुटेश्वरनाथ, पञ्चधुरा माईस्थान, लक्ष्मीनारायण र कामेश्वरनाथ महादेव मन्दिरसँगै पुरातात्विक महत्वको राईमण्डल धार्मिकक्षेत्र रहेका छन् । 

यहाँ निर्मित खुकुरी र यहाँ उत्पादन हुने उखुको सक्खर, रुखकटहरको फल, मौसमी बेमौसमी तरकारी फसल महोत्सवका प्रमुख आकर्षण हुने सङ्घले जनाएको छ । महोत्सवको अवसरमा बर्दिवास आइडल, खुला तथा एकल नृत्य प्रतियोगिता र बेहुली शृङ्गार प्रतियोगिता आयोजन गरिने महासचिव खतिवडाले जानकारी दिनुभयो । 

पूर्वपश्चिम राजमार्ग, विपी राजमार्ग, बर्दिवास सम्सी सडक र बर्दिवास जलेश्वर सडकको सङ्गम रहेको बर्दिवासमा आयोजना हुने महोत्सव एक लाख दर्शकले अवलोकन गर्ने आयोजकले जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै