२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा सयभन्दा बढी कुष्ठरोगी

१ चैत्र २०७५, शुक्रबार ०९:०६

चैत १, गौशाला | महोत्तरी जिल्लामा १३३ जना कुष्ठरोगी रहेको खुलासा भएको छ । जिल्ला स्वास्थ्य कार्यालय अधिकृत विनोद झाका अनुसार १० नगरपालिका तथा पाँच गाउँपालिका रहेको महोत्तरी जिल्लामा १३३ जना कुष्ठरोगी रहेको बताउनुभएको छ । 

उहाँले जिल्लाको १३३ जना कुष्ठरोगीमध्ये ७४ जनामा बढी सर्ने कीटाणुको सङ्क्रमण रहेको तथा ५९ जनामा कम सर्ने कीटाणुको सङ्क्रमण रहेको बताउनुभयो । उहाँले जिल्लाको १० नगरपालिका र पाँच गाउँपालिकामध्ये सबैभन्दा बढी बिरामी जिल्लाको बलवा नगरपालिकामा र सबैभन्दा कम बिरामी जिल्लाको बर्दिवास नगरपालिका र सम्सी गाउँपालिकामा रहेको बताउनुभयो । 

उहाँका अनुसार बलवा नगरपालिकामा प्रति १० हजारमा पाँचजना कुष्ठरोगी रहेको तथा बदिवास नगरपालिका र सम्सी गाउँपालिकामा समान रुपले प्रति १० हजारमा शून्य दशमलव तीनजना कुष्ठरोगी रहेका छन् । 

अधिकृत झाका अनुसार जिल्लामा प्रत्येक एक लाखमा २७ जना कुष्ठरोगीमध्ये महिला लगभग ४९ प्रतिशत, बालबालिका १२ प्रतिशत र अङ्गभङ्ग भएका कुष्ठरोगी १२ प्रतिशत रहेका छन् । जिल्लामा कुष्ठरोगको भयावह अवस्था हेरेर यही चैतमा जिल्लाको मनरा सिस्वा नगरपालिका र एकडारा गाउँपालिकाले कुष्ठरोगी खोजी अभियान चलाउन लागिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो