२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

४५ दिने प्लम्बर तालिम सल्यान कपुरकोटमा शुरु

२०७५, ३ चैत्र आईतवार ०९:१२

चैत ३, सल्यान । आइतबारदेखि सल्यान कपुरकोटमा प्लम्बीङ तालिम शुरु भएको छ । ४५ दिन सम्म चल्ने तालिमले ग्रामिण खानेपानीका योजनामा फाइदा पुर्याउने अपेक्षा लिइएको छ । 

कपुरकोट गाउँपालिका र घरेलु तथा साना उद्योग विकास समिती सल्यानको सहकार्यमा सञ्चालन गरिएको तालिमममा जिआई तथा एचडीपी पाइपको प्रयोग तथा जडानका साथै विभिन्न महत्वपूर्ण सिपहरु सिकाइने खानेपानी प्राविधिक तिलक चौलागाइले जनाएका छन् ।

तालिम उद्घाटन कार्यक्रममा कपुरकोट ३ का वडा अध्यक्ष मिन बहादुर सेन, कार्यपालिका सदस्य ठक बहादुर विक, स्टोर शाखा प्रमुख देवेन्द्र कुमार सेन, सूचना प्रविधि अधिकृत बुद्धिराज पौडेल, इन्जीनियर भुपेन्द्र यरी लगाएतले बोल्दै तालिमका उपलब्धीलाइ ब्यवहारमा उतार्न आग्रह गरेका थिए । उनीहरुले तालिमबाट उत्पादित जनशक्तिले यस क्षेत्रको खानेपानी सुसञ्चालनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।


तालिममा सिपिभिसी, पिभीसी पाइप पिटिङ सम्बन्धी ज्ञान फिल्डमै गएर प्रदान गरिने खानेपानी प्राविधिक शोभाराम रावलले जानकारि दिएका छन् । सहभागिहरुको खानेपानी तथा सरसफाई आयोजनाको मर्मत संभार कार्यमा प्राविधिक ज्ञानको स्तर बृद्धि हुने, उत्पादित जनशक्तिले सामान्य मर्मत तथा संभार कार्य आफैले गरी आयोजनालाई निरन्तर संचालनमा ल्याउन सक्षम हुने अपेक्षा गाउँपालिकाको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै