२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा ५० विद्यार्थी एसइई परीक्षाबाट वञ्चित, कति परिक्षार्थी सहभागी हुँदै छन् ? हेर्नुहोस्

५ चैत्र २०७५, मंगलवार १०:५४

चैत ५, बैतडी | जिल्लामा यस वर्ष ५० विद्यार्थी एसइई परीक्षाबाट वञ्चित हुने भएका छन् । एसइई दिन नपाउने विद्यार्थीमा ३० छात्रा र २० छात्र छन् । 

शिक्षा विकास तथा समन्वय इकाइका विद्यालय निरीक्षक शङ्करदत्त जोशीका अनुसार बीचमै विद्यालय छोडेका, परीक्षा शुल्क नबुझाएका र विद्यालयमा ७५ प्रतिशत हाजिर नभएका विद्यार्थी एसइईबाट वञ्चित हुने भएका हुन् । “छात्रभन्दा छात्रा परीक्षाबाट वञ्चित हुने गरेका छन्”, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नरेन्द्रप्रसाद अवस्थीले भन्नुभयो, “छात्रा बिहे गरेर एक ठाउँबाट अर्को ठाउँमा जाने गरेकाले परीक्षाबाट बढी वञ्चित हुन्छन् ।” 

यस वर्षको एसइई परीक्षा यही चैत १० गतेदेखि शुरु हुँदैछ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने छ । पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा हुनेछ । 

छ हजार विद्यार्थी सहभागी हुने 

यस वर्षको एसइई परीक्षामा जिल्लाबाट पाँच हजार ८६८ विद्यार्थी सहभागी हुने भएका छन् । नियमिततर्फ पाँच हजार ४८१ तथा ग्रेडिङ पुरानो कोर्षबाट ११४, ग्रेडिङ नयाँ कोर्षबाट २७३, प्राविधिकतर्फ ६९ विद्यार्थीले परीक्षामा सहभागिता जनाउने छन् । जिल्लाका ११९ सामुदायिक र चार निजी विद्यालय एसइई परीक्षामा सहभागी हुने विद्यालय निरीक्षक जोशीले जानकारी दिनुभयो । परीक्षाका लागि २५ परीक्षा केन्द्र तोकिएको छ । ग्रेडवृद्धि विद्यार्थीका लागि दशरथचन्द नगरपालिकास्थित वीरेन्द्र मावि साहिलेकमा केन्द्र निर्धारण गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो