२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

निशुल्क मगर भाषा सिक्दै युवाहरु

२०७५, ८ चैत्र शुक्रबार ०३:१५

चैत ८, बागलुङ (रासस) | पुस्तान्तरण नहुँदा लोप हुने खतरा बढेपछि मगर भाषा संरक्षण प्रयास अघि बढाइएको छ । बडिगाड गाउँपालिकाले युवापुस्तालाई लक्षित गरेर निःशुल्क मगर भाषा कक्षा सञ्चालन गरेको हो । भाषा कक्षा चलाउन गाउँसभाले चालू आवमा रु २५ लाख बजेट छुट्याएको थियो । 

गत वैशाखदेखि शुरु भएको भाषा कक्षामा गाउँपालिकाका २२ मगर युवाले मातृभाषा सिकिरहेका छन् । “आफ्नो भाषा जोगाउनुपर्छ भन्ने सोचले पढ्न आएकी हुँ”, रणसिंहकिटेनीकी हिरा रानामगरले भन्नुभयो, “सिकाइ उपलब्धिमूलक भइरहेको छ ।” 

नेपालमा बोलिने तीन मगर भाषामध्ये गण्डकी प्रदेशमा प्रचलित ‘मगर ढुट’ को पढाइ भइरहेको प्रशिक्षक आशबहादुर थापामगरले बताउनुभयो । “प्रशिक्षार्थीले लेख्न, बोल्न र मगर भाषाको लिपिका बारेमा सिकिरहनुभएको छ”, उहाँले भन्नुभयो । थापामगर भाषा सिकाउनकै लागि तनहुँदेखि बागलुङ आउनुभएको हो । 

प्रशिक्षार्थीले शुरुमा मगर भाषाको शब्द–शब्द सिकेपछि वाक्य बनाउन जानेका थिए । नेपाली बाह्रखरीलाई मगर भाषामा उल्था गर्दा छिटो सिकिएको प्रशिक्षार्थी रानामगरको भनाइ छ । लेख्न, पढ्नभन्दा भाषालाई बोलीचालीमा प्रयोग गर्न बढी गाह्रो हुने गरेको उहाँको अनुभव छ । 

मगर बाहुल्य बस्तीमै भाषा हराएपछि संरक्षण अभियान चलाउनुपरेको गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजाले बताउनुभयो । “अहिले सिकिरहेका प्रशिक्षार्थीलाई योग्य बनाएर गाउँगाउँमा मगर भाषा सिकाउने योजना छ”, उहाँले भन्नुभयो । 

आफ्नै भाषा, संस्कृति भएन भने समुदायको पहिचान नै गुम्ने अध्यक्ष पाइजाको भनाइ छ । अध्यक्ष पाइजा स्वयम्् पनि मगर समुदायको भएकाले मगर भाषा संरक्षणमा पहल लिनुभएको हो । बडिगाडमा मगर समुदायको बसोबास रहेपनि मगर भाषा बोलीचालीबाट हराएको छ । 

बडिगाड मात्रै नभएर जिल्लाका अधिकांश मगर बस्तीमा मगर भाषा प्रचलनमा छैन । बाउबाजेका पालादेखि नै मातृभाषा बोल्न छाडिएको मगर अगुवाहरु बताउँछन् । नयाँ पुस्तामा भाषाको ज्ञान हस्तान्तरण नहुँदा र अन्य भाषाको बढ्दो प्रभावले मगर भाषा सङ्कटमा परेको बताइन्छ । 

जिल्लाको निसीखोला गाउँपालिकाका केही मगर बस्तीमा मात्र मगर खाम भाषा बोल्ने गरिन्छ । मगर ढुट भाषा तनहुँ, स्याङ्जा, लमजुङ, नवलपरासीलगायतका जिल्लामा बढी प्रचलित छ । मगर खाम भाषा रोल्पा, रुकुम, प्यूठानलगायतका जिल्लामा बोल्ने गरिन्छ । मगर काइके भाषा भने डोल्पा जिल्लामा मात्र प्रचलित छ । भाषा कक्षा यही चैत मसान्तमा सकिने गाउँपालिकाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै