पढ्न करिब 2 मिनेट लाग्छ

विमल धामी | चैत ९, कञ्चनपुर | कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका वडा नं. २ का वडाध्यक्ष प्रेमराज खातीले बेलडाँडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापाका ड्राइभर कर्ण बहादुर धामीलाई निर्घात कुटपिट गरेको छ ।

बेलडाँडी गाउँपालिकाकी उपाध्यक्षलाई घर पुर्याएर फर्किने बेला वडा नं. ५ को इमलियामा खाती र लिटिल स्टारका फाउण्डर सुगन्ध सोतीले गाडी रोकी गाडी बाट बाहिर तानेर कुटपिट गरेको पिडित धामीले बताए । वहाँका अनुसार खातीले सोतीलाई कुट्न लगाएको र सोतीले ज्यान मार्ने धम्की समेत दिएको बताए । अध्यक्ष खातीले हिजो दिउँसो देखि गाउँपालिकाका अध्यक्षलाई दिउँसै रक्सी खाएर कार्यालयमै गाली गर्न थालेको साझ अध्यक्षलाई रोक्न खोजको तर गाडीमा अध्यक्ष नभएको हुनाले आफु माथी खनिएको बताए । अध्यक्ष खातीका विरुद्ध धामीले प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

यसरी जनता बाट निर्वाचित जनप्रतिनिधीहरुले यस्तो हर्कत गर्दा स्थानीय आक्रोसित बनेका छन् । वडा नं. ४ मा बोर्डिङ स्कुल संचालन गर्दै आएका सोतीको यस्तो घिनलाग्दो व्यवहार देखेर अभिभावकहरु कुरा काट्न थालेका छन् ।

स्थानीय नागरिकहरुले भने खाती सधै रक्सी खाने मान्छे भएको भन्दै पहिले पनि सबैलाई गाली गलोच गर्ने मान्छे हो भन्न थालेका छन् । अध्यक्ष खातीले भने आफुले हातपात नगरेको दावी गरेका छन् ।