२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दुई महीनासम्म पाठ्यपुस्तक पुगेन

२०७५, १८ चैत्र सोमबार १०:१८

चैत १८, हुम्ला । जिल्लाको दक्षिण क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका–८ रादेउ गाउँमा रहेको अंशुबर्मा निमावि राहदेवका विद्यार्थीका हातमा अझैसम्म पाठ्यपुस्तक पुग्न सकेको छैन । 

शिक्षक कलबहादुर ऐडीले शिक्षा, स्वास्थ्यलगायतका समस्या समाधान गर्ने जिम्मा स्थानीय सरकारलाई दिइए तापनि जिल्लाका अधिकांश विद्यालयमा पाठ्यपुस्तकको अभाव देखिएको बताउनुभयो । पाठ्यपुस्तक विद्यार्थीको हातमा पु¥याउने जिम्मा स्थानीय सरकारले लिए पनि अझैसम्म पुस्तक नपुगेको शिक्षक ऐडीले गुनासो गर्नुभयो । 

दुर्गम जिल्ला भएकाले विद्यार्थीको हातमा पाठ्यपुस्तक समयमै नपुग्ने, जिल्ला बाहिरका शिक्षक घर बिदा जाँदा समयमै उपस्थित नहुनेलगायतका समस्याले यहाँका विद्यार्थीलाई अध्ययनको सिलसिलामा जिल्लाबाहिर जाँदा निकै समस्या हुने उहाँले बताउनुभयो । 

सञ्चारबिहीन सिमकोट 

हुम्लाको सदरमुकाम सिमकोट आसपासका नागरिक तीन दिनदेखि सञ्चार बिहीन भएका छन् । सदरमुकाम सिमकोटको किर्ने खर्केमा रहेको रेडियो लिङ्को टावरमा हिमपातका कारण सोलार भासिएपछि सिमकोट आसपासका सेवाग्राही मर्कामा परेका छन् । 

शनिबार बिहान ७:३० बजेदेखि सदरमुकाम सिमकोटमा टेलिफोन, इन्टरनेट सेवाबाट सेवाग्राही वञ्चित भएका छन् । किर्ने खर्केमा रहेको रेडियो लिङको टावरमा समस्या आएको नेपाल टेलिकम शाखा कार्यालयले जनाएको छ । हिमपातले सोलार भासिएर टावरमा समस्या भएको नेपाल टेलिकमका निमित्त कार्यालय प्रमुख रामबहादुर बोहराले जनाकारी दिनुभयो । 

प्राविधिक आउने वित्तिकै चार–पाँच दिनभित्रै टावरको मर्मत गरिने निमित्त प्रमुख बोहोराले बताउनुभयो । टेलिकमबाट प्रवाह हुने एडिएसएल सेवा अवरुद्ध हुँदा सरकारी तथा गैरसरकारी कार्यालयमा समेत थप प्रभाव परेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै