२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष सहित तीन जनप्रतिनिधि माथि आक्रमण

१९ चैत्र २०७५, मंगलवार १७:१२

नरी बडु | चैत्र १९, बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिका अध्यक्ष सहित तीन जनप्रतिनिधिमाथि एक समुहले आक्रमण गरेको छ । पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ रोडमा खनिन लागेको सडकको विवाद मिलाएर गाउँपालिका कार्यालयतर्फ फर्कने क्रममा दिउसो करीब ४ बजेतीर अध्यक्ष गोरख बहादुर चन्दमाथि स्थानीय तीन जनाको समुहले आक्रमण गरी हातपात गरेको हो ।

पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ का सदस्य किष्णसिह भण्डारीका अनुसार गाउँपालिका अध्यक्षलाई आक्रमण गर्नेमा स्थानीय बलबहादुर भण्डारी, बिरेन्द्र भण्डारी र हिक्मत भण्डारी हुन् । सदस्य भण्डारीले भने “अध्यक्ष जी माथि एकास्सी गाली गलोज गर्दै ढुंगा र लाठीले आक्रमण गरे हामिले रोक्दा हामी माथि पनि आक्रमण भयो” ।

आक्रमणबाट आफ्नो लुगा च्यातिएको र आफुलाई भिरमा फाल्न प्रयास समेत भएको पीडित गारेख बहादुर चन्दको भनाई छ । आक्रमणबाट अध्यक्ष चन्दको लुगा च्यातिनुका साथै ढुङ्गाले शरीरमा चोत समेत लागेको छ ।  गाउँपालिका अध्यक्षलाई आक्रमण गर्दा छुटाउने क्रममा पञ्चेश्वर गाउँपालिका ४ नं. वडाका वडा अध्यक्ष राज वहादुर चन्द, वडा नम्बर ६ सदस्य कृष्ण सिह भण्डारी र गोविन्द भण्डारीमाथि पनि आक्रमण भएको छ ।  

घटनापछि प्रहरीलाई खबर गर्दा २० मिनेट लाग्ने बाटोमा समेत तिन घण्टा सम्म नआएको पिडीतहरुको गुनासो छ । यता जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रमुख डिएसपी नेत्रमणी गरीले भने प्रहरीलाई घटनास्थलतर्फ पठाएको र यथार्त जानकारी अउन वाकी रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो