चक्रपथले कहिल्यै सडकले नछुने बस्तीलाई पनि समेट्ने

Posted on: 03 Apr, 2019

चैत्र २०, सल्यान । कुनै पनि विकल्पलबाट सडक नपुग्ने जिल्लाका केहि वस्तीमा सल्यान पर्यटकीय चक्रपथले सम्बोधन गर्ने  प्रतिनिधीसभा सांसद टेक बहादुर बस्नेतले बताएका छन् । पूर्वसामान्य प्रशासनमन्त्री समेत रहेका बस्नेत स चक्रपथका योजनाकार हुन् ।

उनले लक्ष्मीपुरको चोथ्रे, निगालचुलाको एक वस्ती लगाएतका ठाउँमा कुनै पनि तरिकाले सडक पुग्न सक्ने अवस्था नरहेको जनाउँदै उनले रिङ्गरोडले ती विकट बस्तीलाइ समेट्ने बताए । ‘तत्कालका लागी यो बेकारको योजना हो भनेर पनि बोलेका छन्,’ बस्नेतले भने, ‘तर यो दिर्घकालको योजना हो । अवश्य पनि पछिका सन्ततीले यो काम चैँ ठिक गरेछ है भन्नेछन् ।’

हाल यस चक्रपथमा ५० लाख बराबरको काम सम्पन्न भएको छ । जिल्लाको कपुरकोट ४ बाट शुरु भएको चक्रपथ अन्तर्गत १ हजार ३ सय ८० मिटर नयाँ सडक निर्माण गरिएको र १ हजार २ सय ८० मिटर सडक फराकिलो बनाउने काम समपन्न भएको चक्रपथ निर्माण उपभोक्ता समितीले जानकारि गराएको छ ।

यस्थानिय पूर्वाधार विकास साझेदारी कार्यक्रमको ५० लाख बजेटबाट शुरु गरिएको चक्रपथ दिर्घकालिन महत्वको रहेको उनले दाबी गरेका छन् । निर्माण उपभोक्ता समितीले पहिलो चरणको काम सम्पन्न गर्दा भएको आयव्यय सार्वजनीक समेत गरिसकेको छ ।

सल्यान जिल्लाको वाहिरी चक्रपथको रुपमा निर्माण गर्न लागिएको यस योजनाको औचित्यको विषयमा जिल्लामा प्रश्न पनि उठेको छ । तर पूर्व सामान्य प्रशासनमन्त्री समेत रहेको सांसद् बस्नेतले रिङ्गरोड बनाउनुको अर्काे कुनै स्वार्थ नरहेको बताएका छन् । सार्वजनीक सुनुवाइ कार्यक्रममा चक्रपथ निर्माणस्थलमा आएका उनले भने, ‘रिङ्गरोडलाइ हामीले जनतासंग जोड्ने हो, विकासका पूर्वाधारसंग जोड्ने हो र यहाँको पर्यटन प्रवद्र्धन गर्ने हो । यस वाहेक अरु कुनै पनि स्वार्थ छैन ।’

यस्तै राष्ट्रिय गाउँपालिका महासंघ कर्णाली प्रदेशका अध्यक्ष भिम बहादुर सेनले छिमेकी जिल्लाहरुको सिमानासंगै सल्यानलाइ परिक्रमा गर्ने उद्देश्यले निर्माण गर्न लागिएको चक्रपथ यस क्षेत्रकै गौरवको योजना भएको बताए । तर यो योजना समपन्न गर्न ठूलो बजेट लाग्ने भएकाले त्यसको ब्यवस्थापन संगै योजना पूरा गर्नबाट सांसद् बस्नेत पछि हट्न नहुने धारणा राखे । कपुरकोट गाउँपालिकाका अध्यक्ष समेत रहेका सेनले चक्रपथ निर्माण भएमा सबैभन्दा बढि लाभ आफ्नो गाउँपालिकाले लिने जनाए ।

विकास वातावरणमैत्री र दिगो हुनुपर्ने कुरामा जोड दिने सल्यानका प्रमुख जिल्ला अधिकारि चुडाराज न्यौपानेले विकासमा प्रशासनको पूर्ण सहयोग हुने बताए । तर विकासमा अनियमितता हुन नहुने जनाउदै उनले यसमा जनप्रतिनिधी चनाखो बन्नुपर्ने धारणा राखे ।

कपुरकोट गाउँपालिकाका उपाध्यक्ष तिला बुढा मगर, सल्यान जिल्लाका प्रहरी प्रमुख डिएसपी विरेन्द्र बहादुर शाही, सामुदायीक वन उपभोक्ता महासंघ कर्णाली प्रदेशका अध्यक्ष घनश्याम शर्मा, जनप्रतिनिधी, पत्रकार लगाएकाले निर्माण भएको चक्रपथको अनुगमन समेत गरेका छन् ।

गुगल सर्वेका अनुसार करिव २६० किलोमिटर सडक निर्माण भएमा सल्यान परिक्रमा गर्ने चक्रपथ पुरा हुन्छ । अहिले विभिन्न स्थानीय तहहरुले आआफ्नो क्षेत्रमा १२० किलोमिटर निर्माण गरिसकेका छन् । साथै यहि आर्थीक वर्षमा यस चक्रपथलाइ जोड्ने सडकका लागी बागचौर नगरपालिकाले ५० लाख, दार्मा गाउँपालिका र बनगाड कुपिण्डे नगरपालिकाले २०र२० लाख र कुमाख गाउँपालिकाले १५ लाख रुपैयाँ विनियोजन गरेका छन् ।

सांसद् वस्नेतले भनेका छन्, ‘बाँकी रहेको १४० किलोमिटर नयाँ सडक निर्माण गर्न केहि चुनौती रहेपनि हामी अवश्य सफल हुनेछौँ । यस चक्रपथले दाङ, बर्दिया, सुर्खेत, जाजरकोट, रुकुम र रोल्पाको सिमाना हुँदै सल्यान परिक्रमा गर्ने छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!