नवबर्षसँगै सातौं राष्ट्रपति रनिङशिल्ड

Posted on: 08 Apr, 2016

20160408_135151पर्वत, नवबर्ष सँगै सातौं राष्ट्रपति  रनिङशिल्ड प्रतियोगिता हुने भएको छ ।  युबा तथा खेलकुद मंत्रालयको राष्ट्रिय कार्यक्रम अर्तगत संचालन हुने बिद्यालय स्तरयि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बैशाख १४ देखि १६ गते सम्म पर्वतमा हुने भएको हो । शुक्रबार जिल्ला खेलकुद विकास समितिले पत्रकार सम्मेलन गरी कार्यक्रमको बारेमा जानकारी दिएको हो ।

कार्यक्रममा बैशाख ६ गते देखि ८ सम्म निर्वाचन क्षेत्र नं. २ छनौट प्रतियोगिता लुंखु एकपाटेमा, निर्वाचन क्षेत्र नं. १ छनौट प्रतियोगिता बैसाख ११ गते देखि १३ गतेसम्म बडागाउँ खेलमैदान कुश्मा र जिल्ला स्तरिय प्रतियोगिता बैसाख १४ गतेदेखि १६ गतेसम्म कुश्मामानै हुने खेलकुद विकास समितिका अध्यक्ष प्रेम गुरुङले जानकारी दिए ।

राष्ट्रपति रनिङ शिल अन्तरगत  छात्रछात्रा भलिबल , एथलेटिक्स कबड्डी , तेक्वाण्डो  र कराँते खेल हुने गुरुङले बताए । २ सय ५० मेडलका लागि  प्रतिशपर्दा हुने खेलमा विजेता हुनेले ३० हजार, रनिङ शिल्ड कप, द्धितियले २० हजार र कप, तृतीय हुनेले १० हजार र कप प्राप्त गर्ने खेलकुद विकास समितिले जनाएको छ ।

उक्त कार्यक्रम सफल बनाउनको लागि ८ लाख ८५ हजार खर्च लाग्ने अनुमान समेत गरीएको छ । सवै कार्यक्रममा सहभागी हुने विद्यालयले केहि रुपमा  बाटो खर्च बापत आर्थिक स्रोत पनि उपलब्ध हुने समितिले जनाएको छ । कार्यक्रमका लागि आवश्यक पर्ने पूर्वधारको विकास र पर्नुनिर्माणको कार्य भैरहेको  आयोजकले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!