३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

राहदानी थन्काएर तरकारी खेती

२७ चैत्र २०७२, शनिबार ०५:३०
पर्वत– बिहु–४ बागलुङका तुलसीराम कडेलले सात वर्षअघि वैदेशिक रोजगारीमा गएर छोटो समयमा धेरै रकम कमाउने योजना बनाए। राहदानी बनाएर विभिन्न दलाल र मेनपावरसम्म उनी दुई वर्षसम्म धाइरहे। घरबाट काठमाडौं जानेआउने गर्दैमा उनले लाखौं रुपैयाँ सकाए। तर, वैदेशिक रोजगारीमा जान असफल रहे।
वैदेशिक रोजगारीमा राम्रो कामको ग्यारेन्टी नभएपछि राजधानीबाट फर्केर कृषि फार्ममा हात हालेका कडेलले अहिले राम्रो कमाइ गर्न थालेका छन्। पर्वतको नाग्लीवाङ–९ का राजन सापकोटा र बागलुङ नगरपालिका–१० कुडुलेका टिकाराम सापकोटासँग मिलेर कृषि फार्म सञ्चालन गरेका कडेलले साउदी अरेबिया, कतारलगायत खाडी मुलुकमा गएर कमाउने पैसा आफ्नै घरगाउँमा कृषिबाटै कमाउन थालेको सुनाए। ‘साउदी अरेबिया, कतार गएकाले कमाउने भनेको बढीमा ३०/४० हजार नै हो, त्यो हामीले यही कमाउने गरेका छांै,’ कडेलले भने।

पर्वतको नाग्लीवाङ–९ फोर्सेमा १६ रोपनी जग्गा भाडामा लिएर तीन वर्षअघि कृषि फार्म सुरु गरेका उनीहरूले आफ्नो परिवारका साथै अन्य तीनजनालाई रोजगारी समेत दिएका छन्। फार्ममा गरेको लगानीसमेत उठाइसकेका उनीहरूले पाँच/पाँच लाख रुपैयाँ गरी १५ लाख लगानी गरेका छन्। कृषि फार्ममा टमाटर, काउली, बन्दा, गाजर, सिमी, मुला, भान्टा, लौका, जुकेनी, करेला, काँक्रोलगायत तरकारी उत्पादन गर्दै आएको कडेलले बताए।

एक लाख ५० हजार वार्षिक रुपमा भाडा तिर्नेगरी जग्गा लिएर तरकारी उत्पादनमा हात हालेका उनीहरूले उत्पादन भएको तरकारी बागलुङ बजार, पर्वतको मिलनचोक, वारिबेनी, कुश्माबजार, मालढुंगा र म्याग्दी सदरमुकाम बेनीबजार पुर्यारउने गरेका छन्। ‘उत्पादन भएको तरकारीले बजारको माग थेग्न सकेको छैन,’ कडेलले भने, ‘विषादी नराखी जैविक मलमात्रै प्रयोग गरेको तरकारी किन्न तँछाडमँछाड हुन्छ।’

सुरुमा विषादी प्रयोग गरी तरकारी उत्पादन गरे पनि त्यसलाई कम गर्दै हटाउन थालेको उनले बताए। तरकारी खेतीमा भएको कमाइले तीनै जना अहिले खुसी छन्। ‘बाच्नका लागि मुख्य आधार नै कृषिलाई सम्झेर यसैमा लागेका हौ,’ उनले भने, ‘कृषिलाई छाडेर अन्य पेसा अगाल्ने कल्पना पनि गरेका छैनौं।’

कडेलसँगै तरकारी खेतीमा हातेमालो गरेका राजन र टिकारामले पनि तरकारी खेतीबाट सन्तुष्ट रहेको बताए। ‘घरपरिवारको खर्च चलाउन र केही रकम बचत गर्न सकेका छौं,’ राजनले नागरिकसँग भने, ‘कतार, मलेसिया, साउदी अरेबिया जानेको कमाइ पनि यस्तै हो।’

उनीहरूको तरकारी फार्मलाई जिल्ला कृषि विकास कार्यालयले प्राविधिक सहयोगका साथै खेत जोत्ने हाते ट्याक्टरसहित ५० हजार रुपैयाँ सहयोग गरेको छ। ‘वैदेशिक रोजगारीमा युवा विदेश पलायन भइरहेको समयमा आफ्नै मुलुकमा त्यसमा पनि कृषि पेसा अगाल्नु राम्रो उदाहरण हो,’ वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले भने, ‘कार्यालयले दिन सक्ने प्राविधिक र आर्थिक सहयोग दिइरहेका छौं।’ –आजको नागरिकमा खबर छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’