२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कालो बादल देखेपछि तर्सिन्छन् आँधीपीडित

२०७५, २३ चैत्र शनिबार ०९:४८

वीरेन्द्र कर्ण | चैत २३, वीरगञ्ज |इजहार मियाँ आकाशतिर हेर्छन्, आकाशमा कालो बादल लागेको छ र मेघगर्जनको सम्भावना देखेपछि फेरि कुनै अनिष्ट हुने सङ्केतले उनको जीउ सिरिङ्ग हुन्छन् र मनभित्र भय, त्रासका कारण शङ्काउपशङ्का उब्जन थाल्छ । 

“आइतबार साँझ शुरुमा आकाशमा यस्तै कालो बादल लागेको थियो । केही समयको अन्तरालमा आएको विनाशकारी हावाहुरीले विनाशलिला देखाएर श्रीमती, बुहारी र दुई नातिको ज्यान लिएर गएपछि फेरि मौसममा परिर्वतन देख्दा आइतबारको कहालीलाग्दो रातले भयवित छु“, ६५ वर्षीय पीडित इजहार मियाँले आफ्नो पीडा पोखे ।

 “ठूलो आवाज र गर्जनसहित आएको सो दुईवटा चक्रवात आफ्नो घर अगाडि एकआपसमा जुधे । त्यसको अगाडि जेपर्यो त्यसलाई विनाश गर्दै अगाडि बढ्यो त्यो चक्रवात”, फेटा गाउँपालिका–६ पूरैनियाका लैस मियाँ आइतबार साँझको विनाशलिला सम्झदै भने, “त्यो चक्रवातमा आगो जस्तो देखिने उल्का जस्तो थियो” । तीन सय मिटर जति चौडाइको चक्रवात घुम्ने क्रममा भलुही, भरवलीयामा दोहोरिएर आएपछि यसले ठूलो विनाश गरेर गयो । 

यो भयाङ्कर चक्रवातले पर्सा, बारा जिल्लाको खुटवा, जब्दी, भलुही, पूरैनिया, धर्मनगर, फुलवरिया, हर्दिया, तेलगाई, परशुरामपुर, धर्मपुरलगायतका ठाउँमा ब्यापक रुपमा धनजनको क्षति गरेको छ । अहिले कालो बादल लागेकाले आइतबार आएका अनिष्ट जस्तै फेरि त्यो अनिष्ट दोहोरीन्छकी भने डरले सताइरहेको छ पीडित फैजुलहक भन्छन्, “मैले आफ्नो श्रीमती मुस्तकीमा खातुनसहित बुहारी बिबिया खातुनलाई समेत गुमाएकाले मौसममा एकाएक खराबी आएपछि डरत्रास लागेको छ । 

हुनत सङ्घीय सरकारले हावाहुरीबाट घरबार विहीनलाई ओत लाग्न पूरैनिया र भरवलीयामा नेपाली सेनामार्फत रात गुजार्नका लागि त्रिपाल बनाइदिएको छ, फेटा गाउँपालिकाका अध्यक्ष अमिरीलाल प्रसादले भने, “बादल लागेको छ, मेघ गर्जिदैछन् यदि पानी प¥र्यो भने गाउँनै डुबानमा परी पीडित थप पीडामा पर्ने देखिन्छन् ।” 

उनले एकपटक पानी मात्र प¥र्यो भने महिला, बालबालिका र ज्येष्ठ नागरिक सबैभन्दा बढी पीडित हुने बताए । उनले भने, “आइतबार साँझ दुई तीन  मिनेटका लागि आएको अलच्छिने बतासले ब्यापक धनजनको क्षति गरेको अवस्थामा फेरि यस्तो विपद् आयो भने पीडितलाई पीडा मात्र थपिने छ ।” 

बनाएको घरले त वर्षा र हावाहुरीबाट जोगिन सकेन भने पीडितका लागि सेनाले बनाइ दिएको अस्थायी टहरा त्रिपालले फेरि आउने हावाहुरी र वर्षालाई कसरी रोक्न सकिन्छ, आफ्नै घरको पिलरले किचिएर ज्यान गुमाएको बुबा हरिनारायणको किरियामा बसेका फेटा गाउँपालिका–१ भलुहीका राजेन्द्र दासको पीडा छ । घर आएका आफन्त त्रिपालमुनी आश्रय लिएका छन् तर मौसम बिग्रिदै गएकाले फेरि हावाहुरी आउँदा अनिष्ट हुने चिन्ताले उनीहरुलाई सताइरहेका छन् । 

बिहीबार बसेको सङ्घीय सरकारको मन्त्रिपरिषद्को बैठकले बारा पर्साको हावाहुरीबाट प्रभावितको घर सेनामार्फत बनाउने निर्णय गरेकाले वर्षायाम शुरु हुनुअघिनै पीडितका लागि घर बनाउनुपर्ने माग जनप्रतिनिधिहरुको छ । 

गरीबहरुका पनि आ–आफ्नै मीठो सपना हुन्छन् । यही सपना सङ्गालेर आफ्नै आङ्गनमा वैशाखतिर छोरीको विवाह गर्ने सपना लिएर बसेका कलैया उपमहानगरपालिका–१३ बलिरामपुरका वीरबहादुर साह कानुको त्यो सपना आइतबार साँझ आएका हावाहुरीले उडाएर लगेको छ । निर्धन उत्थान लघुवित्त संस्था कलैयाबाट रु दुई लाख ऋण लिएर छोरीको विवाहका लागि भनेर डेढ तोला सुनको टीका, नाकको फुली, नथिया राखेको थियो तर हावाहुरीसँगै घर भत्किँदा उनको सपना त्यही भग्नावशेषमा पुरिन गयो ।

घर भत्किएपछि को भग्नावशेषमा वीरबहादुरले माटो हटाएर खोजी रहेको खुशी अझसम्म भेटिएका छैनन् । हावाहुरीले भत्किएको घरको भग्नावशेषभित्र गरगहना खोजी रहेको अवस्थामा वीरबहादुरले भने, “खुला आकाशमुनि त्रिपालमा रात बिताइरहेका छौँ तर आकाशतिर हेर्दा कालो बादल छाएको छ । अलिअलि हावाहुरी पनि चलेको छ यदि बेगले हावाहुरी आयो र पानी प¥र्यो भने खोजीरहेको खुशी भने भेटदिन होला ।” 

त्यो विनाशकारी हावाहुरीबाट बारा पर्सा गरी २७ जनाको मृत्यु भएको, ६७६ जना घाइते भएको र एक हजार ८९५ घरमा क्षति पुगेको स्थानीय प्रसाशनले जनाएको छ । हावाहुरीबाट ज्यान गुमाएका तथा  घरबारविहीन परिवारलाई चाँडै स्थायी बसोवासको व्यवस्था गर्नुपर्ने पीडितहरुको माग छ । 

जसरी पहाडमा आएको विनाशकारी भूकम्पले पु¥याएको क्षति र पीडामा तराईबासीले मलम लगाएका थिए, त्यसैगरी विपद्मा डुबेको बेला हावाहुरीबाट पीडितलाई ब्यापक राहत दिएर पहाडबासीले मधेशमा मलम लगाउने काम गरिरहेका छन् ।

पर प्रसौनी चौकको एउटा पसलमा रेडियोमा गित घन्किरहेको थियो—

पहाडमा जाडो बढे—तराईले सेकनुपर्छ

आँधी आए तराईमा पहाडले छेक्नुपर्छ

हैन भने देशभक्ति छैन हाम्रो छातिभित्र

माटोलाई चोट लाग्छ—मुटु दुख्नुपर्छ….

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला