प्रजनन स्वाथ्यको लक्ष्य अनुसार प्रगती हुन सकेन वर्षेनी प्रयोग दर घटदै

Posted on: 11 Apr, 2016

hospital महेन्द्र जिसी, पर्वत,  विगत चार वर्ष देखी पर्वतका सञ्चालित प्रजनन स्वाथ्य कार्यक्रमको लक्ष्य अनुसार प्रगती हुन सकेको छैन । कार्यलयको व्यवस्थापन र निजी किल्नीकको प्रभावका कारण लक्ष्य अुनसारको प्रगती हुन नसकेको हो ।  जिल्लाका ५५ स्वास्थ्य संस्थाबाट सञ्चालित कार्यक्रमको लक्ष्य अनुसार प्रगती   नभएको हो ।

जिल्ला जनस्वाथ्य कार्यलय पर्वतका अनुसार  विगतका वर्षहरुमा  ५० प्रतिशत मात्र लक्ष्य पुर्ती गर्न सकीएको छ  ।  आर्थिक वर्ष ०७२÷०७३ मा गर्भ निरोधका अस्थाई साधनको उपयोगमा समेत कमी आएको हो । कार्यलयको तथ्याङ्क अनुसार  जिल्ला भर ९  हजार १४ जना मात्रले अस्थाई साधनको उपयोग गरेका छन । विभिन्न गाविसमा पुगेर कार्यलयले सञ्चालन गरेको बन्ध्याकरण शिवीरमा पनि यो वर्ष ४५ जनाले मात्र  भ्यासेक्टोमी सेवा लिएको  कार्यलयले जनाएको हो ।

कार्यलयका अनुसार अस्थाई साधनको उपयोगमा समेत कमी आएको छ  ।अहीले जिल्ला जनस्वाथ्य कार्यलय माताहातका स्वाथ्य संस्था मार्फत  पिल्स प्रयोग गर्ने ६ सय २५ जना , डिपो प्रयोग गर्ने एक हजार ४४ जना , त्यस्तै गरी अस्थाई साधनको रुपमा आईयुसीडी प्रयोग गर्ने  ५ सय ४६ जना  ईम्पलान्ट प्रयोगमा ल्याउने १ सय७४ जना पुगेका हुन । कार्यलयका अनुसार कण्डमको प्रयोग कर्तामा पनि हार्स आएको छ  गत वर्ष   ९ सय ४६ जनाले मात्र कण्डमको प्रयोग गरेका छन ।

कार्यक्रम संयोजक  विजय विकले   अघिल्लो वर्ष  नेपाल सरकारको लक्ष्यको  २६  प्रतिशत  मात्र  पुरा भएको हो भने यो  वर्ष पनि २७ प्रतिशत भन्दा माथी जान  नसकेको हो ।  नेपाल सरकारको लक्ष्य अनुसार  परिवार नियोजनको स्थाई तथा अस्थाई  साधनको उपयोगिता पर्वतमा घटेको छ । अस्पतालको वातावरण किसोर तथा युवा मैत्री हुन नसक्दा र ग्रामीण भेगमा समस्या खुलेर नआउने भएका कारण पनि अस्थाई साधनको उपयोगितामा कमी आएको कार्यलयले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!