३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

आगोलागीको सावधानी अपनाऔं

२९ चैत्र २०७२, सोमबार ०२:५९

फागुन देखि बैशाख महिना सम्म भनेको सुक्खा हुने समय हो । सुक्खायाम सँगै यो समयमा चर्कौ हावाहुरी हुने गर्दछ जसका कारण पनि एक ठाउँमा लगाएको आगो वा घरभित्रको आगोको झिक्लो पनि बाहिर जान सक्छ । सुक्खा मुलुकभर आगलागीका घटना हुने गर्दछन् । जसका कारण ठूलो जनधनको क्षती हुने गर्दछ ।

एक सानो लापरवाहीका कारण त्यसले ठूलो रुपमा जनधनको क्षती हुने गर्दछ । तराइमा यतिबेला यहि भएको छ सयौ घरहरु जलेर खरानी भएका छन् जसका कारण मानिसहरु आकाशमुनीको बास बस्न बाध्य भएका छन् । पहाडी जिल्लामा बनमा वा पाखोमा आगो लगाउँदा राम्रो घाँस आउने लोभले मानिसले आगो लगाउने गर्छ जसका कारण उक्त आगो अनियन्त्रीत भै लाखौ, करोडौको क्षतीको रुपमा परिणत हुन सक्छ कतै मुलुकभरै आगलागीका घटना घटे पनि तराईका जिल्लामा भने समस्या भयावह नै हुने गरेको छ । चुरे क्षेत्रमा आगोलागीका कारण त्यस क्षेत्रका  गाउँ जोखिममा हुने गर्दछ ।

कहि समय अगाडी कपिलवस्तुको कुशहवा १ र २ मा आगलागी हुँदा छिनभरमै १ सय २५ घर र गोठ जलेर नष्ट भए । जसका कारण  एक       करोड बराबरको धनसम्पत्ति नष्ट हुन पुग्यो ।   त्यसो त तराई क्षेत्र मात्र होइन, पहाडी गाउँहरू पनि आगलागीको जोखिममा छन् । जंगलमा फैलिने डढेलोलाई बेलैमा नियन्त्रण गर्न नसक्दा गाउँ नै सखाप हुने गरेका छन् । यतिसम्म कि वनजंगलमा लागेको डढेलोलाई तत्कालै नियन्त्रण गर्न कठिन हुने भएकाले वन जंगल त सखाप हुन्छन् नै, त्यसका कारण वरपरका बस्तीहरूलाई समेत आतंकित बन्ने गरेको हाम्रो सामु विगतका घटनाहरु साचाी नै छन् ।

हरेक वर्ष सरकारले आगलागी नियन्त्रण भन्दै विभिन्न कार्यक्रम सञ्चालनमा ल्याए पनि त्यस्ता कार्यक्रम प्रभावकारी भने हुन सकेका छैनन् । सरकारले आगो नियन्त्रणको लागि धेरै स्रोत र साधनको जोहो गर्नुपर्ने हुन्छ त्यो भन्दा नागरिकनै सचेत हुने हो भने आगो लागी र त्यसबाट हुने क्षतीको भागेदारी हुनबाट बच्न सकिन्छ । जसका लागि नागरीकले ज्वलनशील पदार्थ केटाकेटीले नभेट्ने ठाउँमा नराख्ने, चुरोटको ठूटा जथाभावी नफाल्ने, आगोको प्रयोग गरीसकेपछि त्यसलाई राम्रोसँग निभाउनुनै उत्तम र आगो नियनत्रणको सहज उपाय हो ।
आगलागीबाट हुन सक्ने सम्भावित जोखिमलाई समयमै न्यून गर्नेतर्फ ध्यान दिन आवश्यक छ ।

त्यसका लागि व्यापक मात्रामा जनचेतना जगाउन आवश्यक छ । आगलागीबाट हुन सक्ने सम्भावित क्षतिलाई न्यून गर्न बेलैमा सावधानी अपनाउन आवश्यक छ । त्यसो भयो भने आगलागीलाई धेरै हदसम्म कम गर्न सकिन्छ । भने ठूलो रुपमा हुने जनधनको क्षतीबाट पनि बच्न सकिन्छ । हरेक नागरिकले सचेत भएमा र जिम्मेवारी बोध गरेमा आगोलागी नियन्त्रण गर्न सहज हुन्छ भने यसका लागि सरोकारवाला निकायले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’