अबैधरुपमा बालुवका निकाल्दै गर्दा रंगेहात पक्राउ

Posted on: 11 Apr, 2016

efeffewfपर्वत , अबैध रुपमा कालिगण्डी नदी किनारबाट रातीको समयमा बालुवा, गिट्टी, ढुंगा लगाएतका सामाग्री चोरी निकासी गर्ने यहाँको एक क्रसर उद्योग कालीगण्डकी नदी किनारबाट चोरी निकासी गरेको समयमा रंगेहात  पक्राउ परेको छ ।

लामो समय देखी खोला नाला,नदीहरुमा अबैध रुपमा स्काइभेटरको प्रयोग गरी प्राकृतिक स्वरुप नै बिगारी अवैध रुपमा चारी निकासी गरिरहेको अवस्थामा प्रहरीले रंगेहात  पक्राउय गरेको हो कुश्मा नगरपालिका १ राजाको वगर स्थित कालीगण्डकी नदिवाट कालीगण्डकी क्रसर उधोगको वा १ क ५९४४ ,ग १ ख ५०३६ र ग १ क १६२४ को टिप्पर र एउटा स्काइवेटरले चोरी निकासी गरेकै समयमा प्रहरीले रंगैहात पक्राउ गरेको हो । पक्राउ परेका सवारी साधनलाई नियन्त्रणमा लिई प्रहरीले कारवाहीको प्रक्रिया अगाडी बढाएको जनाएको छ ।

kaligandai

यस बिषयमा तपाइको प्रतिक्रिया...!