२७ पुष २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

यस्ता पनि डाक्टरहरु…

२९ चैत्र २०७२, सोमबार ०५:४१

Parbat-hospital-Kusmaपर्वत, । पर्वत अस्पतालमा कार्यरत डाक्टरले अस्पतालमा रहेको भिडियो एक्सरे सेवा बन्द गरेर नीजि क्लिनिकमा जान थालेपछि अस्पतालमा पुग्ने असाहय, अशक्त बिरामी मर्कामा परेकाछन् ।  पर्वत जिल्ला अस्पतालका डाक्टर सरोज दाहालले अस्पतालमा रहेको भिडियो एक्सरे गर्ने कोठाको चाबी बन्द गरेर ३ सातादेखि बाहिरको क्लिनिकमा बिरामी जाँच गर्न जाने गर्नुभएको जिल्ला अस्पतालले जानकारी दिएको छ ।

सरकारी अस्पतालका डाक्टर नीजि क्लिनिकमा बिरामी जाँच गर्न जाने गरेको समाचार यसभन्दा पहिला पनि आउने गरेको भएपनि अस्पताल नै बन्द गरेर जाने गर्दा समेत कुनै कारवाही हुन नसक्दा सर्वसाधारण बिरामीहरु मर्कामा परेका हुन् । पर्वत जिल्ला अस्पताल व्यवस्थापन समितिले एक वर्ष पहिलादेखि डा। दाहाललाई भिडियो एक्सरे विभागको जिम्मा दिएको अस्पताल विकास समितिले जानकारी दिएको छ ।

अस्पताल व्यवस्थापन समितिले दिएको जिम्मेवारी पुरा नगरि बाहिर हिँड्ने गरेको र बारम्बार अनुरोध गर्दा समेत डा। दाहालले आँफूखुशी तालाबन्दी गरेर हिड्ने गरेको समितिले स्वीकार गरेको छ । विभिन्न कारणले कारवाही गर्न नसकिएको र काममा लगाउने वातावरण गराएको भएपनि डा। दाहालको वेवास्ताका कारण काम हुन नसकेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शिब प्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँलाई हामीले जिम्मेवारी दिएका हौं उहाँले भन्नुभयो–जिम्मेवारी पुरा नगरे विकल्प खोजेर भएपनि चलाउँछौं ।

डा। दाहालले विभिन्न समयमा विरामीको वेवास्ता गर्दै नीजि क्लिनिकमा बिरामी जाँच गर्ने गरेको पाइएको छ । उहाँले सदरमुकाम कुस्मामा रहेको पर्वत मेडिकल हलमा ८ सय रुपैयाँमा भिडियो एक्सरे गर्ने गरेको पाइएको छ । नीजि क्लिनीकमा ८ सय रुपैयाँमा बिरामी जाँच गर्दा ४ सय कमिशन आउने र अस्पतालमा बिरामी जाँच्दा कमिशन नपाउने भएकाले यस्तो गरेको स्रोतको दाबी छ ।

अस्पताल व्यवस्थापनसँग यस अघि पनि डा। दाहालले भिडियो एक्सरे गरे वापतको थप पारिश्रमिक पाउनुपर्ने माग गर्दै आएको र समितिसँग थप पारिश्रमिक दिन सक्ने कोष नभएकाले एक्सरे वापतको ४सय ५० रुपैयाँको ३५ प्रतिशत रकम दिने गरिएको अध्यक्ष पौडेलले बताउनुभयो । भिडियो एक्सरे संचालनमा समस्या आएपछि अन्य डाक्टर खोजेर तालिम दिन पठाएको भएपनि नयाँ डाक्टरलाई समेत चावी नदिएको र समय समयमा विवाद गरेका कारण झनै समस्या भएको बताइएको छ ।

यता डा। दाहालले भने आँफुले उचित पारिश्रमिक नपाएकाले काम नगरेको बताउनुभयो । मैले समितिसँग पारिश्रमिकको कुरा गरेको हो उहाँले भन्नुभयो कुरा मिल्यो भने काम हुन्छ । डा। दाहालले आँफूले अस्पतालका प्रमुख डा। भवानी प्रसाद शर्मासँग माग राखेको र सो पुरा नभएकाले उहाँसँग विवाद बढेको स्वीकार गर्नुभयो । पर्वत जिल्ला अस्पतालमा यस अघि पनि विभिन्न समयमा अस्पताल भित्रै डाक्टरहरु बीच झगडा हुने गरेको र त्यसले बिरामीहरु मर्कामा पर्ने गरेका थिए ।

यस सम्बन्धमा पर्वत जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा। भवानी प्रसाद शर्माका अनुसार भिडियो एक्सरे गरेवापतको ४० प्रतिशत रुपैयाँ सम्बन्धीत डाक्टरलाई दिने प्रावधान रहेको बताउँदै कुनै समस्या भए बसेर समाधान गर्न सकिने तर सेवा बन्द गर्नु राम्रो पक्ष नभएको बताउनुभयो । -गोरखापत्रमा खबर छ

किन हुन्छ बारम्बार डाक्टरविच महाभारत ?

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चालु आर्थिक वर्षको पाँच महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड रेमिट्यान्स भित्रियो पाकिस्तान सुपर लिगको डायमन्ड क्याटेगोरी ड्राफ्टमा सन्दीप लामिछाने, अन्य को को छन् ? आज पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती देशभर मनाइँदै यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमय दर कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना एनआरएनएलाई नेपालमा बस्न १० वर्षसम्म भिसा शुल्क नलाग्ने च्याटजीपीका संस्थापकमाथि बहिनीलाई यौनशोषणको आरोप सुप्रिम सहकारी ठगी प्रकरण : रविलाई ४ करोड १५ लाख, छविलाई ४ करोड २७ लाख बिगो दाबी मेयर बालेनले सरकारसँग मागे नयाँ प्रमुख प्रशासकीय अधिकृत युके पठाइ दिन्छु भन्दै साढे ३१ लाख रकम ठगी गर्ने पक्राउ माधव नेपाल, प्रचण्ड र राजेन्द्र लिङ्देन छलफलमा जिबी राईलाई सबै दलले ल्याउन चाहेनन्, उनी आए पोल खुल्छः डा.दीक्षित वैदेशिक रोजगारीमा जाने श्रमिकलाई देशगत रूपमा अभिमुखीकरण तालिम दिन विभागको निर्देशन रवि लामिछानेविरुद्ध विरुद्ध बुटवलमा पनि मुद्दा दायर गरिंदै, प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन काठमाडौँमा जेसीबीको ठक्करबाट ११ वर्षीया बालिकाको मृत्यु विश्वकपमा केही राम्रो छाप छोड्नेछौं : कप्तान पूजा महत्तो ३७ लाख धरौटी बुझाएर छुटिन् लिला अचानो प्रहार गरेर श्रीमतीको हत्या दोलखाबाट काठमाडौं आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना अदालतको आदेशले छुटे पनि रविको सांसद निलम्बन फुकुवा नहुने