३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

समाचार प्रभाव –आखिर अभियानको ध्यान गुफामा पुग्यो

३० चैत्र २०७२, मंगलवार ०९:११

gupteshor gufaपर्वत, सफा कुश्मा अभियानको १९ औं हप्ता पार गर्दा सम्म जिल्लाको कुश्मा बजार क्षेत्रमा मात्रै केन्द्रित बनेको अभियानले अन्ततः जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्रमा समेत ध्यान दिएको छ ।

२० औं हप्ताको अबसरमा मंगलबार गुप्तेश्वर गुफा परिसरको फोहोर व्यवस्थापन गर्नको लागि अभियान र अभियानकर्ता गुप्तेश्वर गुफामा पुगेका हुन् । पटक पटक साझा सबाल अनलाइन मा जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रका दुरदर्शाको बारेका समाचार र सम्पादकीय प्रकाशन भएपछि मात्र अभियनताको नजरमा उक्त क्षेत्रप्रति ध्यान  पुगेको हो ।

पौराणिक तथा धार्मिक महत्व बोकेकको गुप्तेश्वर गुफामा पर्यटक तथा भक्तजनको भिड बढेसँगै त्यस क्षेत्रमा बढेको फोहोर र त्यसले पारेको असरबारे समाचार प्रसारण भएपछि मात्र सफा कुश्मा अभियान संचालन गरेका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाललको नेतृत्वको टोली मंगलमबार त्यस क्षेत्रमा पु्गेको हो । बारम्बार गुप्तेश्वर गुफामा जाने तर गुफाको फोहोरको बारेमा बेवास्था गर्ने संस्थाका पदाधिकारी तथा अभियान्तको नजरबाहिर रहेको गुफामा बढेको फोहोर र त्यसले पारेको असरको बारेमा समाचार संप्रेषण गरेपछि अभियानको अबसरमा मंगलबार उक्त क्षेत्रको फोहोर व्यवस्थापन गरिएको हो ।

gufafohar

गुप्तेश्वर गुफा परिसरको फोहो उठाउँदै प्रजिअ झंकनाथ ढकाल

आन्तरिक तथा बाह्य पर्यटकको गन्तब्य स्थलको रुपमा रहेको गुप्तेश्बर गुफामा पर्यटकको आगमनमा बृद्धि गराउने उदेश्यका साथ गुफा बरपर सरसफाई गरिएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताए ।

जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्रमा रहेको उक्त क्षेत्रमा फोहोर व्यवस्थापन हुन नसक्दा त्यसले परेको नकरात्मक प्रभावको अन्त्य गर्नको लागि समेत गुफा परिसरको फोहोर व्यवस्थापन गर्नको लागि पुगिएको प्रजिअ ढकालको भनाई थियो ।

गुफापरिसरबाट एक ट्याक्टर फोहोर

धार्मिकत तथा पर्यटकीय क्षेत्रको रुपमा चिनिएको गुप्तेश्वर गुफा परिसरबाट मंगलबाट एक ट्याक्टर फोहोर निकालीएको छ । मंगलबार सफा कुश्मा अभियानको २० औं हप्ताको अबसरमा गरिएको गुप्तेश्वर गुफा परिसरको फोहोर व्यवस्थापनका क्रममा एक ट्याक्टर फोहोर निस्कीएको हो । उक्त सरसफाई अभियानमा सरकारीकार्यालयका निजामति कर्मचारी, उद्योगी ब्यापारी, बिभिन्न संघसंस्थाको सहभागीता थियो । प्रजिअ ढकालको अगुवाइमा भएको उक्त कार्यक्रमबाट गुफाको मुहार केहि हदसम्मको लागि सफा भएको छ ।

मोदी र कालीगण्डीको बेदना कहिले सुन्ने ?

जिल्लाको कुश्मा बजारबाट निस्कीएको फोहोर मोदी र कालीगण्डकी नदीमा फालिदै आएको छ । जसका कारण धार्मिक तथा पर्यटकीय रुपमा चिनिने उक्त दुई नदी कुरुप र प्रदुषित हुदै गएको छ । बजार क्षेत्रको फोहोर व्यवस्थापनमा शुरु गरिएको अभियानले गुफाको फोहोर व्यवस्थापन गर्नको लागि त आँखा लग्यो अब यी दुई नदीको दुरदर्शा अन्त्य गर्नको लागि कहिले नजर पु¥याउला ? यो भने प्रतिक्षाको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’