३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सडक समितिमा महिलाको हस्तक्षेप

३० चैत्र २०७२, मंगलवार ०९:१८

पर्वत–राजनीतिक खिचातानीले पुरुषहरुबिच विवाद भएपछि यहाँका महिला मिलेर सडक निर्माण उपभोक्ता समितिमा हस्तक्षेप गरेका छन्। तीन पटक बैठक बस्दासमेत पुरुषबीच विवाद र आर्थिक अपारदर्शिताका कुरा बाहिर आएपछि महिलाले हस्तक्षेप गरी महिलाहरु मात्रै रहेको ११ सदस्यीय समिति गठन गरेका हुन्।

एक दशकदेखि निर्माणाधीन रहेको लुंखु–ज्यामिरे–हुवास सडकमा अहिलेसम्म तीन करोड बढी रकम खर्च भइसकेको छ। चालू आर्थिक बर्ष स्तरोन्नतिका लागि आठ लाख ५४ हजार रुपैयाँ बजेट बिनियोजन भएको छ। तर, उपभोक्ता समिति गठनमा पुरुषले राजनीतिक रुपमा एकले अर्कोलाई स्वीकार नगरेपछि चालू आर्थिक वर्षको तीन महिना बाँकी छदासम्म खर्च हुन सकेको छैन।

विकासको काममा सधैँ पुरुषबीच विवाद हुने गरेपछि महिलाले हस्तक्षेप गरेर महिला मात्रैको समिति गठन गरेको जिल्ला विकास समिति पर्वतका वरिष्ठ सामाजिक परिचालक चन्द्रबहादुर क्षेत्रीले बताए। ुपुरुष–पुरुषबीच राजनीतिक रुपमा सधैँ विवाद हुने भएपछि महिलहरुले हस्तक्षेप गरेर भोर्ले गाविसकी रिता रानाको अध्यक्षतामा सडक निर्माण उपभोक्ता समिति गठन गरेका हुनु, क्षेत्रीले भने।

उता सडक समिति अध्यक्षको जिम्मेवारी लिएकी रानाले पुरुषको विवादका कारण गाउँको विकासमा असर परेपछि बाध्य भएर महिलाहरुले सडक निर्माण उपभोक्ता समितिमा हस्तक्षेप गरेको बताइन्। ुपार्टीगत रुपमा एकले अर्कोलाई नस्वीकार्ने गर्दा सडकमा आएको पैसा नै फिर्ता हुने आशंका बढ्यो त्यसैलेसबै महिला रहने गरी सडकको समिति बनायौुं, रानाले भनिन्।

उनले विगतमा पुरुषले नेतृत्व लिदा हुने कामको दोब्बर प्रगति देखाउने दाबी गरिन्। ुमहिलाहरु मात्रै समितिमा रहदा के गर्छन भन्ने सोचेका होलान तर यो समितिले बजेटमा स्टीमेट गरिएको भन्दा दोब्बर प्रगति गरेर देखाउँछु, उनल भनिन्।

सडक निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष सरस्वती अधिकारीले आँफू तीन पटक पुरुषको नेतृत्वमा कोषाध्यक्ष पदमा बसेपनि सडकमा भएको कामप्रति चित्त नबुझेको बताइन्। ुअहिले धेरै महिलाहरुले साथ दिनुभएको छ, पहिलेको काम भन्दा निकै राम्रो हुने अपेक्षा गरेकी छुु, अधिकारीले भनिन् ।

-नागरिकमा खबर छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’