किसान संघको अध्यक्षमा श्रेष्ठ

Posted on: 13 Apr, 2016

पर्वत, राष्ट्रिय जनमोर्चा निकट किसान संघको अध्यक्षमा भरत श्रेष्ठ चयन भएका छन् । आइतबार जिल्लाको देविश्थान गाविसमा भएको भेलाले श्रेष्ठको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति बनाएको हो ।

सचिवमा नारायण भुषाल, कोषाध्यक्षमा मोतीलाल नेपाली, सदस्यहरुमा पदमबहादुर कुवँर, रामप्रसाद पौडेल, धनमाया बस्याल, जीतबहादुर लामिछाने रहेका छन् त्यसैगरी बैकल्पीक सदस्यमा ललित गुरुङ र पुनाखर पौडेलल रहेका छन् । भेलाले ७ सदस्यीय सहकारी संयोजक समिति समेत गठन गरेको छ ।

संयोजकमा भोजराज उप्रेती, गोविन्द पौडेल, जीतबहादुर लामिछाने, भरत श्रेष्ठ, शारदा कुवँर, नारायण भुषाल र होमनारायण पराजु्ली चयन भएका छन् । अखिल नेपाल किसना संघका केन्द्रिय समितिका कोषाध्यक्ष कृष्ण केसीको आथित्यतामा सम्पन्न भएको उक्त भेलाले यहि जेठ २१, २२ र २३ गते हुने विश्व किास सम्मेलनकोलागी ३१ सदस्यीय सहयोग समिति समेत गठन गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!