३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

नव बर्षको शुभकामना

१ बैशाख २०७३, बुधबार ०३:५०

happy newsनेपाली जनताले ६५ बर्ष भन्दा लामो समय कालखण्डबाट आफ्नो संविधान लेख्ने अधिकार पनि पाए संविधान पनि जारी भयो, यहि समयमा भूकम्पले पनि नेपाली जनतालाई पीडामा रुमाल्यो त्यसमाथि नाकाबन्दीको मार जनताले खेप्न बाध्य भए । यता खेल क्षेत्रमा एतिहासमानै नभएको म्याच फिक्सीङले खेल जगतमा कालो धम्बानै लगायो ।तर पनि शासस र विस्वासमा कहिल्यै तुवालो लागेन जसका कारण नेपाली जनता आफुले पाएको अधिकार प्राप्तीले सवै कुरा भुलायो ओठमा हाँसोको किरण           थपिदियो ।
तराइमा आन्दोलन चल्यो, देशका रक्षकलाई भक्षकले हमाले गरे, देश विखण्डन गर्न खोज्ने विखण्डनकारीले देशलाई टुक्राउन पनि खोजे तर नेपाली जनता आफ्नो देशको निर्माण र विकासको लागि अडिग भएको सन्देश दिए । जलस्रोतको धनी देश भएरपनि लामो लोडसेडिङको अन्धकारबाट भएपनि आफ्नो कानून तयार पारे यसैमा गौरब मान्नैपर्छ । ०७२ सालमा नेपालीलाई खुसिपनि मिल्यो दुख र जटिलताको पनि सामना गर्न प¥र्यो । यद्यपी नेपाली साहसी थिए, संघर्षमा जिउन एतिहासबाटै सिकेका थिए त्यसैले नेपालीको सामु विस्तारबाद र विखण्डनकारीको केहि लागेन ।

    ०७३ साल नेपालीको लागि सुख, शान्ति, समृद्धि र प्रगतीको मार्ग बनोस्। जसरी शिसिरमा वाताबरणमा उराठ लाग्दो हुन्छ र बशन्तसँगै ती    सारा उराठलाग्दा समयको अन्त्य हुन्छ ठिक त्यसरीनै नेपालीको लागि ०७३ साल एउटा खुसीको र देश निर्माणको बर्ष बन्न सकोस् । लामो समयदेखि प्रतिक्षा गरेको संविधानको निर्माण भयो र यही बर्षमा यसको नीति कार्यन्यवन होस् र सोही अनुुसारको नेपाली जनताले अधिकार प्राप्त गरुन् । भूकम्पले  उठाएको एतिहासिक धरोहरका पुरोतात्वीक बस्तुको पुर्ननिर्माण अभियानले यहि बर्षमा सार्थता पाओस् । नेपालीले लामो समय देखि लोडसेडिङको कालो अन्धकारबाट मुक्ति पाउने वर्षका रुपमा यस बर्ष बनोस र सोही अनुसारको कार्य होस् । खेलाडीपनि आफ्नो देशको शानको लागि खेलुन् ।

    हरेक नेपालीले देशमा सरकार भएको प्रत्याभूति गर्न सकून । भूकम्पबाट पीडि बनेका तथा  बाढी पहिरो वा अन्य प्राकृतिक प्रकोपबाट पीडि बनेका नेपालीले देशमा सरकार भएको अुनभूति गर्न सकुन् । देश विकास र नव निर्माणका लागि राजनीतिक दलहरुविचको मतमतान्तरको अन्त्य भई एउटै थलोमा आउन् र जसरी हिमाल, पहाड र तराईका नेपाली एउटा सिंगो माला भएर बसेका छन् त्यसरीनै नेपालका राजनीतिक दल र नेता मिलेर देशलाई निकासको मार्गमा लैजानको लागि रचानात्मक भूमिका निर्वाह गरुन् । नव बर्ष २०७३ सालको सम्पूर्ण देश तथा विदेशमा रहेका नेपाली दाजुभाई दिदीबहिनीहरुमा यहि शुभकामना ।

happy news

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’