२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मजदुरी गर्न गएका दाङका ३ युवकको भारतमा मृत्यु

२०७५, २९ चैत्र शुक्रबार ०७:०३

चैत २९, दाङ । भारतमा मजदुरी गर्न गएका दाङका ३ युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा शान्तिनगर गाउँपालिका २ अमुवाका २३ वर्षीय नोखिराम भण्डारी, २१ वर्षीय प्रकाश वली र २४ वर्षीय पूर्णबहादुर वली रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले शुक्रबार सार्वजनिक गरेको जानकारी अनुसार, श्रमका लागि भारत हिमाञ्चल प्रदेशको कुल्लु मनाली गएका नोखिराम भण्डारी र प्रकाश वली गएको चैत १० गते मृत अवस्थामा फेला परेका थिए । पूर्णबहादुर वलीको खोजतलासको क्रममा गएको चैत २५ गते कुल्लु मनाली पतलिकुहलको जंगलमा शव फेला परेको थियो ।

मृतक तीनै जनाको शव दाङ ल्याइएको छ । १० गते शव फेला परेका दुवैजनाको शव आफन्तको जिम्मा लगाइएको छ भने २५ गते फेला परेकाे पूर्णबहादुर वलीको शव आफन्तले बुझेका छैनन् । उनको शव प्रादेशिक अस्पताल तुलसीपुर दाङमा राखिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद विक्रम शाहले जानकारी दिनुभयो । 

ज्यान गुमाएका उनीहरुसहित ६ जनालाई शान्तिनगर गाउँपालिकाका जाइफली मिया मिटले श्रमका लागि भारत लगेको भन्दै मृतकका आफन्तले मियामाथि छानबिनको माग गरेका छन् । मियालाई इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते