३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

नववर्षको गन्तब्य बन्यो नेपालकै अग्लो पुल

१ बैशाख २०७३, बुधबार १३:२७

पर्वत–बिराटनगरका विकास सेढाईंलाई पर्वत र बागलुङ जोड्ने नेपालकै अग्लो झोलुंगे पुल घुम्ने रहर एक वर्षअघि पलाएको थियो। क्याम्पसको पढाईका कारण त्यो पूरा गर्न सकेका थिएनन्। तर,  बुधबार नयाँ वर्षको पहिलो दिन पुल अवलोकन गर्दा उनी निकै खुशी देखिन्थे।

‘नेपालकै सबैभन्दा अग्लो स्थानमा निर्मित पुल अवलोकन गर्दा मैले सुनेको भन्दा पनि निकै रमाइलो भएको छ’,  पुलकोबीचमा सेल्फी खिच्दै गरेका सेढाईंले भने, ‘अब हरेक नयाँ वर्ष यही अग्लो पुलमा मनाउँछु।’ आफूसँगै स्नातक तहको पढाई सकेका छ जना साथी लिएर एक साताअघि काठमाडौंदेखि भ्रमण सुरु गरेका उनले कालीगण्डकी नदी माथि बनेको पुलमा बसेर वरपरको क्षेत्र अवलोकन गर्दा निकै आनन्द लागेको बताए ।
बिराटनगरकै विवेक श्रेष्ठले एक साताको भ्रमणमध्ये सबैभन्दा रमाइलो नेपालकै पुलको अवलोकन गर्दा लागेको बताए। ‘सञ्चारमाध्यममार्फत समाचार पढेको थिए तर आज प्रत्यक्ष रुपमा पुलको वारपार गर्न पाएको छु’,  उनले भने, ‘अहिले साथीसँग आएपनि अर्कोपटक परिवारलाईसमेत सँगै ल्याउछु ।’

म्याग्दीबाट आएका बिमलरञ्जन कार्कीले लामो समयदेखि नेपालकै अग्लो पुलको अवलोकन गर्ने धोका नयाँ वर्षको पहिलो दिन पूरा भएको बताए । ‘पर्वतसँग जोडिएको जिल्ला भएर पनि नेपालकै अग्लो पुल अवलोकन गर्ने मौका मिलेको थिएन’,  अग्लो पुलमा भेटिएका कार्कीले भने। बेनी नगरपालिकामा कार्यरत उनी बिदाको मौका छोपेर नयाँ वर्षको पहिलो दिन अग्लो पुल अवलोकन गरेका हुन्।

बिमलसँगै अग्लो पुल पुगेका म्याग्दीकै हरि आचार्यले आँफू चार पटक आइसकेको भएपनि पुनः पुलको अवलोकन गर्न इच्छा लागेको बताए । ‘अग्लो पुलमा आएर अवलोकन गर्दा निकै आनन्द लाग्छ, त्यसैले पाँचौ पटक अग्लो पुल घुम्न आएको हुँ’, आचार्यले भने। यता स्याङ्जाबाट आएका कपिल थापाले पुल बनेको खबरसँगै आउने धोका भएपनि नयाँवर्षले जुराइदिएको बताए ।

बिराटनगरका विकास, विवेक, म्याग्दीका बिमल, हरि र स्याङ्जाका कपिल मात्रै होइन नयाँ वर्ष २०७३ सालको पहिलो दिन नेपालकै अग्लो पुल अवलोकन गर्न आउनेको संख्या पाँच हजार भन्दा माथि रहेको नेपालकै अग्लो झोलुंगे पुलसँगै रहेको पिस जोन रेष्टुरेन्ट सञ्चालक राजु सुबेदीको दाबी थियो । ‘बिहान ७ बजेदेखि नै पुलमा चहलपहल निकै छ’, उनले भने,‘आज पाँच हजार भन्दा बढी पुलको अवलोकनै लागि आएको अनुमान गरेको छु ।’ उनले अन्य दिनमा भन्दा नयाँ बर्षको पहिलो दिन बुधबार झण्डै पाँच गुणा ब्यापार बढेको बताए ।

‘ल हेर्नुस् बिहान खाजा खानेदेखि खाना हुँदै अहिले खाजा खानेहरुले सबै कोठाका टेबल प्याक छन’, पुल अवलोकन गर्न आएकालाई खाजा पुर्याउन भ्याइनभ्याई गरेका सुबेदीले भने । उनका अनुसार पहिलो पटक पुलको अवलोकन गर्न आएका धेरै जना परिवार र साथीलाई लिएर पुनः आउने गरेको बताए । ‘एक पटक पुलको अवलोकन गर्न आएका अधिकांश दोस्रो पटक पनि आउने गरेका छन’, उनले भने,‘पहिले साथीसँग आएकाले परिवारलाई लिएर र पहिले परिवारसँग आएकाहरु दोस्रो पटक साथीहरुसँग आउने गरेको पनि भेटेका छौं।’

-नागरिकमा खबर छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’