पर्यटन प्रर्वद्धनको लागि आवश्यक पुर्वधार निर्माण गर्ने हो की घुमेर पैसा उडाउने ?

Posted on: 13 Apr, 2016

kali-gandaki-river-rafting14पर्वत, पछिल्लो समयमा पर्यटकीय गन्तव्य स्थानका रुपमा चिनिदै गएको पर्वत जिल्लामा पर्यटन प्रवृद्धनको लाखौ रकम यहाँका अगुवा तथा नेतृत्व भनौदाहरुले आफै घुमेर सक्ने गरेका छन् । जिल्लाको पर्यटकीय क्षेत्रको विकास तथा पहिचान गरी त्यसको लागि आवश्यक पूर्वधार तथा जिल्लामा पर्यटकको लागि अत्यावश्यक बस्तुको विकास र निर्माण गर्नुको सत्ता पर्यटन प्रर्वद्धनको नाममा यहाँका नेतृत्वकर्ताले लाखौ रकम जाँडमा खनाउने गरेका छन् ।

सदरमुकाम कुश्मा छेउबाटै बग्ने कालीगण्डकी नदीमा कति पर्यटकले जलयात्रा गर्छन् भन्ने कुनै निकायलाई जानकारी समेत छैन ।वर्षेनी सयौं विदेशी पर्यटकहरुले कुश्मा नगरपालिका ४ नयाँपुलदेखि स्याङ्जा जिल्लाको मिर्मिसम्म जलयात्रा गर्ने भएपनि कुन पर्यटन संस्थाले कति पर्यटक ल्याउँछ समेत संबन्धित निकायलाई जानकारी नभएको पाईएको छ । जिल्ला विकास समितिले पर्यटन प्रर्बद्धनका नाउँमा विगत ४ वर्षदेखि पर्यटन सम्बन्धी जिल्लाको बस्तुगत विवरण तयार गरेर काम गरेको भएपनि सदरमुकामको छेउबाटै बग्ने कालीगण्डकी नदिले कमाउँदै गरेको लोकप्रियता थाहा हुन सकेको छैन । तर पर्यटन प्रर्वद्धनको लागि बर्षेनी बजेट छुटिन्छ तर त्यो बजेट कहाँ पुग्छ कसैलाई थाहा छैन ।

३ वर्षयता जिल्ला विकास समिति पर्वत र पर्यटन मन्त्रालयबाट गरि करिब १ करोड भन्दा बढि रुपीयाँ खर्च गरिएको भएपनि जलयात्रा संचालनका लागि कुनै पूर्वाधार विकास गर्न नसक्दा ‘माल पाएर पनि चाल नपाएजस्तो’ भएको सरोकारवालाहरुको भनाई छ । पर्वत जिल्लामा पर्यटकीय स्थलको लागि गन्तव्य स्थान बन्न सक्छ तर यहाँका अगुवा तथा आफ्ुलाई पर्यटक विद भन्नेहरुले प्रर्वद्धनका लागि आएको रकम रक्सी र आफै घुमेर सक्ने गरेका छन् ।

गर्मी मौषम शुरु भएसँगै अहिले कालीगण्डकी नदीमा जलयात्रा (¥याफटिङ्ग)का पर्यटकको घुईँचो लाग्न शुरु भइसकेको भएपनि जलयात्राका विषयमा जिल्लाका कुनै निकायले ध्यान नदिँदा कहाँबाट कति पर्यटक आउँछन् भन्ने तथ्याङ्क समेत जिल्ला विकास समितिले राख्न सकेको छैन । साहाशिक जलयात्राका लागि विश्वका उत्कृष्ठ नदीको रुपमा कालीगण्डकीलाई लिईने गरेको भएपनि यसलाई व्यवस्थित गर्न र जलयात्राका लागि आवश्यक पर्ने पूर्वाधारको विकास गर्न नसक्दा समस्या हुने गरेको पोखराका ¥याफटिङ्ग व्यावसायी देब रेग्मी बताउँछन् ।

9ebe2f6f073b60b44cdf51f8e1fbf6eb

खोलाका विभिन्न ठाउँमा ठूला ढुंगाहरुका कारण समस्या भएकाले ति ढुंगा हटाउनु पर्ने तथा ठाउँ ठाउँमा पर्यटकहरुका लागि बस्ने स्थलको व्यवस्थापन गर्नुपर्ने जरुरी रहेको बताउनुहुन्छ । तर यहाँका मानिसहरु कसरी बजेट आफ्नो हातमा पारौं र वडाबडा फाँक गरौं भन्ने सोचमा मात्रै हुन्छन् जसका पर्यटन विकासको पूर्वधार निर्माण हुन सकेको छैन ।

पर्यटकका लागि लोकप्रिय बनेको ¥याफटिङ्गका लागि भएका पुर्बाधारहरु बिग्रदै्र जाँदा समस्या आउने गरेको गाईडहरु बताउँछन् । नदीमाथिका संरचना बिगार्ने, जलयात्रा शुरु हुने ठाउँमा पर्खाल लगाउने, जथाभाबी बालुवा निकाल्ने कामले जलयात्रा सञ्चालन असहज हुने गरेको गाइटहरुको अनुभव छ । जलयात्राका क्रममा यस क्षेत्रमा पर्यटकहरुले ३ दिन बिताउने गर्छन् । कालीगण्डकी–मोदीवेणी खण्डमा पहिलो दिनको यात्रा बनाएर जाने साथै दोस्रो दिनमा पर्वतकै बर्राचौर गाविसका पूर्तिघाट नजिक बस्ने र तेस्रो दिनमा मिर्मी हुँदै पोखरा जानेगरि पर्यटकहरु यात्रा तय गर्ने गरेका हुन्छन् ।

पर्यटन प्रवृद्धनको लागि जिल्लाले पूर्वधार निर्माण गरी व्यवस्थीत रुपमा पर्यटन व्यवसाय अंगाल्न नसकको उवासंघ पर्वतका महासचिव ठाकुर वि पौडेलले स्वीकार गरेका छन् । जिल्ला पर्यटकीय गन्तव्य स्थलका रुपमा चिनिन थालेता पनि आवश्यक पूर्वधारको निर्माण गरी आर्थिक आम्दानी बढाउने तर्फ ध्यान जान नसकेको पौडेलको भनाई छ ।  ‘पर्यटन विकास र कर दुबै लगाउनका लागि जिल्ला विकास समितिले काम गर्न सक्ने भएपनि यस क्षेत्रका कसैको ध्यान पुग्न सकेको पाईदैन’ –उनले भने ।

जिल्ला विकास समितिले समेत यस बारेमा कुनै व्यवस्थापन गर्न नसकेको भएपनि पर्यटन बोर्डसँग समन्वयमा सोच भने बनाएको जिल्ला विकास समिति पर्वतका पर्यटन फोकल पर्सन चन्द्र बहादुर क्षेत्रीले बताउँछन् । जिल्लामा दर्ता नहुने र जिल्लामा पर्यटन सूचना केन्द्र स्थापना नभएकाले कुनै काम हुन नसकोको भन्दै पर्यटन विकासका लागी केहि गर्न नसकिएको उनले स्वीकार गर्छन् । तीन बर्षमा १ करोड खर्च भयो तर पर्यटन प्रर्वद्धनका लागि पूर्वधार निर्माण हुन भने नसकेको उनको भनाई छ ।

छोटो र पारिवारीक जलयात्राका लागि ‘फेमिली रिभर’को रुपमा चिनीएको कालीगण्डकी नदीमा आउने पर्यटकको घुँइचो लाग्न थालेको छ । लामो, समथर र कम बहाब भएकाले बिदेशी नागरिकहरु अन्य नदीहरु भन्दा कालीगण्डकीलाई नै रोज्ने गर्दछन् । जलयात्राका लागि कालीगण्डकी नदीमा अहिले विदेशी पर्यटक स“गै स्वेदशी पर्यटकको समेत आबागमन बढेको प्याडल नेपालका रिभर गाईड रबि श्रेष्ठले बताउँछन् ।

kali-gandaki-river-rafting14

कालीगण्डकी नदीमा अहिले दैनिक दुई÷तीन समुहमा पर्यटकहरु आउने गरेका छन । अन्य नदीको तुलनामा पर्यटकले यसलाई पहिलो रोजाईमा पार्दै आएकाले पनि पर्यटकहरुको आगमन बढेको श्रेष्ठको बुझाई छ । पर्वतको पाङ गाविस स्थित नया“पुल तथा मालढुंगाबाट शुरु हुने ¥याफ्टिङ स्याङजा, पर्वत र गुल्मी जिल्लाको सिमानामा रहेको कालीगण्डकी ‘ए’ जलविद्युत परियाजनाको जलाशयमा पुगेर टुङगिन्छ । तीन दिन लाग्ने सो जलयात्रा पर्यटकका लागि निकै आकर्षक गन्तव्यको रुपमा रहेको छ । कालीगण्डकी नदीमा पानीको छाल, मनोरम दृश्य, झरना, विभिन्न बनस्पति, जलचरहरुको अवलोकन, प्रदूषणरहित हावापानीबाट पर्यटक आकर्षित हुने गर्दछन् । यहाँ धेरै इजरायली पर्यटक आउने गरेका छन भने अस्टे«लिया, युरोपियन मुलुक र अमेरिकी पर्यटकको रोजाईमा पनि कालीगण्डकी नदी पर्दै आएको छ । -सूचनाकेन्द्रबाट

यस बिषयमा तपाइको प्रतिक्रिया...!