वैशाख १, बर्दिया | बर्दियाको गेरुवा नदीमा पौडी खेल्ने क्रममा दुई युवाको डुबेर बेपत्ता भएका छन् ।

बर्दियाको मधुवन नगरपालिका कोठियाघाट पुल नजिक कर्णाली गेरुवा नदीमा पौडी खेल्ने क्रममा आज दिउँसो दुई जना युवा बेपत्ता भएका हुन् । बेपत्ता हुनेहरुमा बाँके कोहलपुरका १७ वर्षीय दिपेन्द्र कार्की र कैलाली लम्कीका १८ वर्षीय प्रज्वल कोइराला रहेका छन् ।

पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका दुवै जनालाई नेपाल प्रहरी र स्थानीय बासिन्दाले खोजी गरिरहेका छन् ।

मधुवन नगरपालिका-३ स्थित कोठीयाघाट पुलदेखि ५०० मिटर उत्तरतर्फ पौडी खेल्ने क्रममा गहिरो भागमा पुग्दा डुबेको हुनसक्ने र बेपत्ता दुवै युवकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।