कुबेत स्थित एक बहुप्रतिष्ठीत शक्तिसाली मानिने नेसनल खराफी कम्पनीका लागि कामदारका रुपमा गएका नेपालीले चारमहिनादेखि तलब नपाएपछि समस्यामा परेका छन् । उक्त कम्पनीमा रहेका ५० हजार कामदारको तलब कम्पनीले रोकेको पर्वत नाङलीवानका खिम छेत्री प्रकाशले जानकारी दिए ।
एक बर्षदेखि कामदारलाई तोकिएको तलब भनेअनुसार समयमा नदिने गरेका कारण आफूहरु आन्दोलन र धर्नाबाट तलब लिदै आएको चार महिना यता आन्दोलन र धर्ना बस्दा पनि कम्पनीले तलब रोकेको क्षेत्रीको भनाई छ । स्काफोल्डरको रुपमा ए ओ एस कम्पनीबाट गएका पर्वतमा गम बहादुर पुन, टीका पुन, अनिल पुन, प्रेम पुन लगाएत छन् ।
कम्पनीमा नेपाली, पिलिपिन्स र भारती कामदार कार्यरत छन् । पटक पुलिसलाई खबर गर्दा पनि कामदारको कुनै सुनुवाइ नभएको पुलिस प्रसासन नै कम्पनीले खरिदिएको कामदार ले बताउछन् । नेसनल खराफी कुबेतले अर्को नामबाट भएपनि नेपाल लगाएत अन्य देशबाट पुन कामदर ल्याउने तयारी गरेको क्षेत्रीले बताए । आफुहरुको रोकिएको तलब उपलब्ध गराउन र स्वदेश फिर्ता हुने बताबरण मिलाउनको लागि उनीहरुले आग्रह गरेका छन् ।
-खिम छेत्रीको सहयोगमा कुबेत