२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

भाग्यमानी नेपाली क्रिकेटका फुच्चे फ्यान, हेर्न पाउने भए नेपाल र नामिबिया बिचको क्रिकेट

२०७३, २ बैशाख बिहीबार ११:३०

Prasanta-Naupane-1विशन क्षेत्री
पर्वत नेपाली क्रिकेटका फुच्चे फ्यान प्रशान्त न्यौपानेले अन्तत ः वैशाख चार र छ गतेको खेल हेर्न पाउने भएका छन् । नेपाल र नामिबिया बिच वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको तेश्रो राउण्डका दुई खेल हेर्न पाउने भएका हुन् । क्रिकेट पर्वत र ग्रेट हिमालयन क्रिकेट एकेडेमी काठमाण्डौको समन्वयमा उनलाई भोलि काठमाण्डौ लगिने तयारी भईरहेको क्रिकेट पर्वतका अध्यक्ष सुजन शर्मा पौडेलले बताए ।

क्रिकेटप्रेमी अन्य बालबालिकाको लागि पनि उत्प्रेरणा जगाउनको लागि सहयोग गरेको उनले बताए ।न्यौपानेलाई उनका बाबुआमाको सहमति भएमा छात्रवृत्तिमा प्रशिक्षणको व्यवस्था समेत मिलाउन सकिने ग्रेट हिमालयन क्रिकेट एकेडेमीका प्रोप्राईटर सुदिप शर्माले बताए । उनलाई मनपर्ने खेलाडीसँग भेटघाट गराउने तथा बाबुआमाको सहमति पाएमा शिक्षा समेत यतै दिने गरि क्रिकेट प्रशिक्षण दिन सकिने उनले बताए ।

उनको शोख थाहा पाएपछि क्रिकेट पर्वतले ग्रेट हिमालयन क्रिकेट एकेडेमीसँगको सहयोगमा उनलाई प्रतियोगिता देखाउन पहल गरेको हो ।पर्वतको दक्षिणी गाविस सरौँखोलाका १२ वर्षीय न्यौपानेको आश्यर्चलाग्दो क्रिकेट मोहको समाचार प्रकाशन भएको थियो । स्थानीय सञ्जय काफ्लेले सामाजिक सञ्जालमा आर्थिक कठिनाईले उनले म्याच हेर्न नपाउने टिप्पण पोष्ट गरेपछि उनीप्रति सम्बन्धित निकायले चासो दिएको थियो ।

Prasanta-Naupane

क्रिकेट खेलमा उनले प्रतियोगिता, रन तथा उत्कृष्ट खेलाडीको बारेमा पनि उनले छुट्टै तरिकाले रेकर्ड राख्ने गरेका छन् ।घरको आँगन, विद्यालयको सानो मैदान तथा खेतबारीलाई पिच मानेर प्लाष्टिकको बललाई घरमै ब्याट बनाएर उनी क्रिकेट खेल्ने गर्दछन् । न्यौपानेका बाबु रुक्मागत न्यौपानेले पोलियोका कारण दुवै खुट्टा सुकेका छन् भने आमा जमुना न्यौपानेको दाहिने हत्केला गुमेको छ ।न्यौपाने अपाङ्ग दम्पत्तिका एक्ला सन्तान हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन