२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँबाट खोटाङको दिक्तेल जादै गरेको बस हलेसीमा दुर्घटना

२०७६, ३ बैशाख मंगलवार ०४:१८

चिसाङ शेर्पा | बैशाख ३, खोटाङ | काठमाडौँबाट खोटाङको दिक्तेल जादै गरेको बस हलेसीमा दुर्घटनामा हुंदा १ जनाको मृत्यु भएको छ । 

काठमाडौँबाट यात्रु बोकेर दिक्तेल आउँदै गरेको ना ४ ख ७४११ नम्बरको बस सोमबार राती ११ बजेतिर हलेसी नजिकै रिट्ठाबोटेमा दुर्घट्ना हुंदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ चिउरीडाँडा दोर्पाका ३२ वर्षीय पर्जबहादुर राईको मृत्यु भएको हो । दुर्घट्नामा शक्त घाईते भएका उनलाई एम्बुलेन्स मार्फत उपचारका लागि दिक्तेल ल्याउने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताए ।


दुर्घटनामा १४ जना यात्रु घाईते भएको छ । उपचारमा १२ जनालाई दुर्छिम स्वास्थ्य चौकीमा पठाइए पनि त्यहाँ उपचार हुन नसक्दा घाईतेमध्ये ६ जनालाई टिचिङ अस्पताल काठ्माण्डौं पुर्याइएको छ । एक जनाको जिल्ला अस्पताल दिक्तेलमा र अन्यको दुर्छिम स्वास्थ्य चौकीमा उपचार भईरहेको छ ।

बस सडकबाट चिप्लिएर १५/२० मिटर तल कोल्टिएर रुखमा ठोक्किदै अडिएकाले ठूलो क्षतीबाट जोगिएको बताइएको छ । चालक र सह–चालकसहित बसमा १५ जना सवार थिए । दुर्घटनाको कारण खुल्न सकेको छैन ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित