शंकर पोखरीमा भिषण आगलागि नियन्त्रण हुन नसकेको स्थानीयको भनाई

Posted on: 15 Apr, 2016

fire at jungleमहेन्द्र जिसी विहीबार मध्य रातमा सल्केको  आगोले शंकर पोखरी गाविसका  ३ ,४  वडामा फैलिएको राक्से सामुदायी वनको   ५० रोपनी क्षेत्रफल सखाप भएको छ ।  वडाको ४ मा रहेको  कुवा पानी  भन्ने स्थानबाट  सल्केको  आगोले ४ नम्वरको सबै वन सखाप पारेको हो ।   गाविसका दुई सय कुरीयाले उपभोव गर्दैै आएको  वनमा मध्य रातमा आगो देखीएको स्थानीय हरी प्रसाद तिवारीले जानकारी दिनुभयो ।

एक्कासी आगोको मुस्ला देखीएपछि नियन्त्रणमा आँफुहरु लागेपनि आयो बुधबार दिन भर जंगलमा फैलिएर रहेको  तिवारीले बताउनु भयो । नियन्त्रणका लागि शसस्त्र प्रहरी तथा नेपाल आर्मी र स्थानीयको पहल भईरहेको  स्थानीयले बताएका हुन ।  वर्षौ देखी नकाटीएको वन भएका कारण शुकेका मुढा तथा पात र झाडी भएका कारण आगो नियन्त्रणमा आउन  नसकेको हो ।  वन  भिर र पहरामा फैलिएका कारण पनि  आगो  नियन्त्रण असहज भएको स्थानीय युवा रमेश क्षेत्रीले बताउनु भयो ।  स्थानीयका अनुसार बुधबार दिउँसो ३ वजे सम्म पनि नियन्त्रणमा आउन सकेको छ्रैन ।

१२ घण्टा भन्दा बढी समय आगलागी भएपछि वनको ५० रोपनी क्षेत्रफल जलेर नष्ट भईसकेको छ ।  जिल्लामा फाल्गुन महीना लागेसँगै  दर्जन भन्दा बढी स्थानमा  आगलागी भईसकेको भएपनि जिल्ल वन कार्यलयले भने कुनै पुर्व तयारीको थालनी गरेको छैन । कर्मचारीहरुले स्थानीयलाई सजग गराई रहेको जिल्ला वन अधिकृत कृष्ण प्रसाद ढकालले जानकारी दिनुभयो ।

नव वर्ष चैते दशैको विदाको अवसरमा आँफु जिल्ला बाहीर भएका कारण आगलागीको कुनै पनि जानकारी नभएको  ढकालले बताउनु भयो ।  । सामुदायीक वनमा आगो लागि भएर अहीले सम्म जिल्लाको  पाँच घर नष्ट भइसकेका छन भने दर्जन भन्दा बढी सामुदायीक वनमा आगोलागि भइसकेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!