३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

धौलागिरीका २१ स्थानबाट थ्रीजी इन्टरनेट

३ बैशाख २०७३, शुक्रबार १४:५१

3Gपर्वत, काठमाडौं उपत्यका र केहि ठूलो सहरमा परिक्षण गरिरहेको थ्री जि सेवा नेपाल टेलिकमले धौलागिरीका चार जिल्लामा विस्तार गरेको छ । धवलागिरि अञ्चलमा इन्टरनेट चलाउन प्रयोग हुने अत्याधुनिक ’थ्रिजी’ सेवा सुरु भएको हो ।

नेपाल टेलिकमले पुरानो सेवालाई स्तरोन्नति गरी नयाँ प्रविधियुक्त ’थ्रिजी’ इन्टरनेट सेवा सञ्चालनमा ल्याएको हो। धवलागिरि अञ्चलका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङमा गरी २१ ठाउँमा ’थ्रिजी’ सेवा सुरु गरिएको नेपाल टेलिकमका पश्चिमाञ्चल क्षेत्रीय निर्देशक सिद्धप्रताप भारतीले जानकारी दिए।  थोरै खर्चमा धेरै र उत्कृष्ठ सेवा उपलब्ध गराउने उदेश्यले यो सेवा टेलिकमले सुचारु गरेको जनाएको छ ।

यसरी सञ्चालनमा ल्याइएका स्थानहरुमध्ये पर्वतको कुस्मा,  बागलुङ जिल्लाको बागलुङ बजार, म्याग्दीको बेनी र मुस्ताङको जोमसोम गरी ४ वटा जिल्ला सदरमुकामहरु, पर्वतको पातीचौर र दुर्लुङ्ग , बाग्लुङको बिहुँकोट, दहपानी, थाना, हटिया, हरिचौर, भैरवस्थान, बुर्तिबाङ, अर्गल, म्याग्दीको पुलाचौर तथा मुस्ताङ जिल्लाको कैसाङ, क्याम्प लगायतका गाविसहरुमा थ्री जी मोबाइल सेवा सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।

कम्पनीको यो सेवा मार्फत उपभोक्तालाई भ्वाइस सेवाको अतिरिक्त भ्वाइस भिडियो च्याट हाइ स्पीड इन्टरनेट सर्फिङ तथा १४ एमबीपीएससम्मको डाटा डाउनलोडका साथै ५.७ एमबीपीएस सम्मको डाटा अपलोड गर्ने सुविधा उपलब्ध हुनेछ । यसबाट कम्पनीको सेवाका उपभोक्ताहरु थप लाभान्वित हुने अपेक्षा कम्पनीको छ ।

आगामी आवमा धौलागिरीका थप ५० स्थानबाट थ्रिजी सेवा विस्तार गर्ने लक्ष्य लिएको टेलिकमले जनाएको छ । हाल धौलागिरी क्षेत्रमा रहेका ८५ जिएसएम विटियसलाई बढाएर आगामी आवमा १ सय २० पु¥याउने टेलिकमले लक्ष्य राखेको छ । काठमाडौं उपत्यका लगायत सहरी र अन्य क्षेत्रमा सञ्चालनमा रहेको थ्री जी सेवालाई सुदृढ तथा विस्तार गर्ने कम्पनीको योजना अनुसार हाल उपत्यका बाहिरका सहरी तथा ग्रामीण क्षेत्रका बिभिन्न स्थानहरुमा क्रमिकरुपले सेवा विस्तार गर्दै लगिएको कम्पनीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’