५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नयाँ शैक्षिक सत्र प्रारम्भ हुदासम्म पनि नगरपालिकाले पाठ्यपुस्तकको पैसा दिएन

४ बैशाख २०७६, बुधबार ०९:५४

इन्द्र बुढाथोकी । बैशाख ४, सल्यान । सामुदायिक विद्यालयमा कक्षा १ देखि कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीका लागि सरकारले निशुल्क रुपमा पाठ्यपुस्तक उपलब्ध गराउने व्यबस्था गरेको छ ।

तर सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले भने नया शैक्षिक सत्र सुरु भैसक्दा पनि अहिलेसम्म पाठ्यपुस्तको पैसा कुनै पनि विद्यालय लाई दिएको छैन । नगरपालिका ६५ वटा सामुदायिक विद्यालयको खातामा पैसा नगरपालिकाले नयाँ शैक्षिकसत्रको लागि पाठ्यपुस्तक , छात्रवृत्ति लगाएतको पैसा विद्यालयको खातामा पठाएको छैन ।

गत चैत्र १४ गते सम्म तत्कालीन प्रमुख प्रशासकीय अधिकृत नोखिराम ओलि सरुवा भएर गए पछि अहिले सम्म नयाँ प्रमुख प्रशासकिय नआउदा नगरपालिका भित्रका विकास निर्माणका देखि अन्य काममा पनि समस्या भएको छ । नया शैक्षिक सत्र सुरु हुनु भन्दा कम्तीमा १ महिना अगाडि नया पाठ्यपुस्तक खरिदका लागि नगरपालिकाले समयमै नया पाठ्यक्रमको पैसा विद्यालय लाई नदिएर बालबालिकाको भबिस्यमाथी खेलवाड गर्न लागेको तथा नगरपालिका सामुदायिक विद्यालयको गुणस्तरीय शिक्षा प्रदानमा अग्रसर नभएको विद्यालयहरुले आरोप समेत लगाउने गरेका छन । विद्यार्थी भर्ना गर्दै हातहातमा किताब दिने बेला विद्यालयहरुले विद्यार्थीहरुलाइ भर्ना गर्दै खाली हात विद्यार्थीहरुलाइ घर फर्काउने गरेका छन । 

देशभरी नै नया पाठ्यपुस्तकको अभाव भइहेका बेला पाठ्यपुस्तकको पैसा नपठाइएकाले यस बर्ष पनि समयमै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्याउन नसक्ने अबस्था सृजना भएकोले पठनपाठनमा समेत समस्या आउने विद्यालयहरुको भनाइ रहेको छ । 

नगरपालिकामा तत्कालीन  प्रमुख प्रशासकीय अधिकृत नोखिराम ओलि कर्मचारी समायोजनमा परेर सरुवा भएर अनेत्र गएको र नयाँ प्रमुख प्रशासकीय अधिकृत नआउदा सम्म पाठ्यपुस्तकको पैसा विद्यालयको खातामा जम्मा हुन ढिला भएको नगर प्रमुख गोविन्द कुमार पुनले बताउनु भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने