३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

ठेकदारको लापरवाहीले स्वास्थ्यचौकीको भवन हस्तान्तरणमा ढिलाई

४ बैशाख २०७३, शनिबार ०५:१७

malaj hospitalपर्वत, भवन निर्माणको जिम्मेवारी लिएका ठेक्दारको लापरवाहीका कारण स्वास्थ्यचौकीको भवन हस्तान्तरणमा ढिलाई भएको छ । उत्तरी पर्वतको मल्लाजस्थित माझफाँटमा ठेक्का प्रणालीमार्फत निर्माणाधीन अवस्थामा रहेको मल्लाज स्वास्थ्यचौकीको भवन निर्माण र हस्तान्तरणमा ढिलाई भएको हो । शहरी विकास आवास तथा भवन निर्माण डिभिजन कार्यालय पोखराको आर्थिक सहयोगमा ३ वर्षअघि निर्माण शुरु गरिएको उक्त भवनको निर्माणकार्यले पूर्णता पाउन नसकेको मल्लाज स्वास्थ्यचौकीले जनाएको छ । टेण्डर आह्वान गरी ठेक्का प्रणालीमार्फत बनाउन शुरु गरिएको भवन हालसम्म सम्पन्न हुन नसकेका हो।

निर्माण शुरु गरेको डेढ वर्ष्भित्रै काम सकेर समुदायलाई हस्तान्तरण गर्नेगरी कास्कीका ठेकदार ठाकुर बरालले ठेक्का लिएपनि हालसम्म भवनको निर्माणकार्य नसकेको स्वास्थ्यचौकीका इन्चार्ज गोरे नेपालीले बताए । ठेकदारकै लापरवाहीका कारण झण्डै तीनवर्ष बितिसक्दा समेत भवन निर्माणले पूर्णता नपाएको उनले बताएका छन् । कुल १ करोड २५ लाखको लागतमा शौचालय र खानेपानीको व्यवस्थासहित निर्माणको जिम्मेवारी ठेकदारले लिएपनि अहिलेसम्म पुरा हुन नसकेको स्थानीयले गुनासो गरेका छन् । मल्लाज स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर अधिकारीका अनुसार ठेकदारलाई पटकपटक फोन सम्पर्क गर्दा फोन नउठाएको बताए । उनले ठेकदारले भवन निर्माणको ८० प्रतिशत कामसम्पन्न गरेकाले सबै भूक्तानी पाउनुपर्छ भनेर आलटाल गरिरहेको बताएका छन् ।

सभाहल र प्रतिक्षालयसहित १४ ओटा कोठा क्षमताको भवनले पूर्णता नपाउँदा हाल जिर्ण अवस्थामा रहेको पुरानै भवनबाट सर्वसाधारलाई सेवा दिन बाध्य हुनुपरेको अध्यक्ष अधिकारीको भनाई छ । ठेकदारले पुरानो शौचालय भत्काएर नयाँ बनाउन शुरु गरेपनि त्यसले समेत पूर्णता नपाउँदा थप समस्या भएको छ । हाल उक्त स्वास्थ्यचौकीमा मल्लाजसहित बाँसखर्क, लेखफाँट, सालिजालगायतका गाविसबाट दैनिक ६० जनाबढी बिरामीहरु आउने गरेका छन् । उक्त स्वास्थ्यचौकीमा २४ घण्टे प्रसुती सेवा समेत सञ्चालन गरिएको छ भने मौसमी रोगका धेरै बिरामीहरु आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’