३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

माओवादी ए–कता

५ बैशाख २०७३, आईतवार ०४:१६

पटक पटक कम्युनिष्ट एकताका कुरा उठाएका कम्युनिष्टहरु अझै एक हुन सकेका छैनन् । अझै पछिल्लो समयमा फुटको संघारमा रहेको माओवादी एकताका कुराले मिडियामा ठूलो स्थान पायो तर त्यही अनुरुपको काम भने हुन सकेन । माओवादी एकतका लागि एमाओवादीका अध्यक्ष प्रचण्डले आफु एकताको लागि बाधक नबन्ने र अध्यक्ष पदको त्याग गर्ने तर एकताको लागि भने हदैसम्मको लचकता र प्रयास गर्ने बताउँदै      आइरहेका छन् ।

एमाओवादी र बैद्य नेतृत्वको नेकपा  (क्रान्तिकारी) माओवादीविच एकता हुन लागेको मिडियामा निकै चर्चाको विषय बन्यो तर त्यो पनि हुन सकेन । बैद्यले प्रचण्डलसँग तत्त्काल एकता नहुने संकेत गरेपछि बैद्य माओवादीभित्र ठूलो विवाद सिर्जना भयो । जसका कारण बैद्य मोआवदी भित्र फुटको अर्को विजारोपण हुन थालेको छ । एकताको लागि बैद्यलाई पाटीभित्रबाटै दबाब आएता पनि अझसम्म एकताको हुन सकेको छैन । एकताको हुरी चल्यो तर  काम भने हुन सकेन ।

बैद्य भित्र बादलले एकताको लागि हस्ताक्षर अभियाननै चलाए तर एकता पछिल्लो समयमा मन्थर हुदै गएको छ । बैद्यलाई छाडेर अरु नेता तथा कार्यकता सहित बादल एमाओवादीमा विलय हुने मिडियामा आयो तर उनीपनि दोधारमा परेका छन् । ए–कताको लागि अझै कुनै तिरबाट लचकता हुन सकेको छैन । जसका कारण एकता हुने भनीएता पनिे एकताको  परिणाम भने शुन्यमानै छ ।एकीकरण एजेन्डा जहिल्यै भ्यागुताको धार्नी जस्तो बनेपछि पुष्पकमल दाहाल, रामबहादुर थापा बादलदेखि कृष्णबहादुर महरासम्मका नेताहरुले आन्तरिक कसरत जारी राखेका बुझिएको छ । एकताको लागि बैद्य भने बाधकका रुपमा खडा भएका छन् ।

जसका कारण कार्यकर्ता विचमा अन्यौलता कायम भएको छ । एकताको लागि क्रान्तिकारी माओवादीभित्र बादलले ल्याएको एकताको हुरीले कतै क्रान्तिकारी माओवादी फेरि फुटको संघारमा त पुग्ने हैन भन्ने पनि प्रश्न उब्जीएको छ । एकताका कुरा गर्ने तर एकता नगर्ने नेताहरुको छेपाराको उखानको अन्त्य गरी कार्यकर्तालाई बास्तविकता बुझाउनको लागि  बास्तवीक कुरा अगाडी ल्याउनु आवश्यक छ अन्यथा कार्यर्ता थमाउने दुवैको योजना बाहेक अरु केहि नहुने बुझिन्छ त्यसैले एकताका कुरालाई सार्थकता दिलाउनको लागि नेताहरु एक हुनु र निर्णय लिनु आवश्यक छ । कार्यकर्तालाई बास्तवीकता के हो त्यसको      बारेमा जानकारी दिनु पार्टीको कर्तव्य हो । एकताको कुरा गर्ने तर कुकुर    विरालाको खेल खेल्ने हो भने एकताको भजन गाउन बन्द गरे हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’