३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

ग्यास वितरणमा आफुखुसी

५ बैशाख २०७३, आईतवार ०६:१३

gasपर्वत, जिल्लाको फलेवासका लागि कोटा छुट्याइएको ग्याँस वितरण प्रक्रिया पारदर्शी नभएको पाइएको छ । उपभोक्तालाई वितरण गर्न लगेको ग्याँस व्यवसायीले रातारात आफन्तलाई बाँडेको खुलासा भएको छ । स्थानीय उपभोक्ताहरुले ग्यास आउने सुनेर दिनभर लाईन लागेपनि स्थानीय व्यपारीले भने आफुखुशी ग्याँस वाँडेको भनेर उपभोक्ताहरुले आक्रोश व्यक्त गरेका छन् ।

स्थानीय किराना व्यवसायी ओम भुसालले १५ वटा ग्याँस वितरण गरेको थाहा पाएपनि अरु ग्याँस कहाँ गए भन्ने बारेमा ईलाका प्रहरी कार्यालय राहालेका प्रमुख रामशरण खत्रीले बताए । ग्याँस वितरण प्रक्रिया पारदर्शी नभएको भनेर उपभोक्ताले गुनासो गरेपछि प्रहरी कार्यालयमा वुझ्दा प्रहरीले पनि वितरण प्रक्रियाका बारेमा थाहा नभएको बताएको हो । फलेवासमा कुनै पनि ग्याँसको आधीकारिक डिलर छैन । किराना पसल चलाउने ओम भुसालले १५ वटा ग्याँस वितरण गरको प्रहरीले जानकारी दिएको छ ।

अरु ४५ वटा ग्याँस कस्ले वितरण गरे भन्ने बारेमा थाहा हुन सकेको छैन । केहि उपभोक्ताले समुन्द्र शर्मा र अर्जुन भुसालले पनि ग्याँस वितरण गरेको बताएका छन् । तर उनीहरुले कति ग्याँस वितरण गरेका हुन भन्ने बारेमा प्रहरीसंग रेकर्ड छैन । स्थानीय उपभोक्ताहरुले कार्यकर्ता रिझाउन व्यवसायीहरुले ग्याँस लुकाएको आरोप लगाएका छन् । त्यस्तै ग्याँस वितरण हुँदाको दिन राती १२ बजेसम्म स्थानीय यूवाहरुले नेकपा एमाले जिन्दावाद, ग्याँस वाडेको एमालेले भन्दै नारा लगाएका थिए ।

भारतीय नाकाबन्दि पछि फलेवासमा ग्याँसको हाहाकार भएपछि शक्ति कम्पनीको पोखरा डिलरले ६० वटा कोटा फलेवासका लागी पठाएको थियो । त्यहाँ व्यवसायीहरुले उपभोक्तालाई वितरण नगरि आफैँ ग्याँस लुकाएको भन्ने बारेमा स्थान्ीय प्रसासनले अनुगमन समेत गरेको छैन । ग्याँस वितरण पारदर्शी बनाउन स्थानीयले माग गरेका छन् । फलेवास नगर विकास समितिका अध्यक्ष हिरामणी सापकोटाले स्थानीय प्रहरीको रोहबरमा वितरण गर्नुपर्नेमा केहि एमाले निकट व्यवसायीले कार्यकर्ता खुशी पार्ने हिसावले ग्याँस वाँडेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’